बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाकालमा १ लाख २२ हजार बढी नेपाली विदेशबाट फर्किए (तथ्यांकसहित)

मङ्गलबार, ११ कात्तिक २०७७, ०७ : ५८
मङ्गलबार, ११ कात्तिक २०७७

काठमाडौं । कोरोना महामारीका बीचमा विदेशबाट हालसम्म १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारसम्मको तथ्यांकअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका हुन् । 

सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन दिने गरेको छ । कोरोनाका कारण सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि सुरुमा समस्यामा परेका नेपालीलाई चार्डर उडानमार्फत स्वदेश ल्याएको थियो भने पछिल्लो समय नियमित उडान समेत स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइएको छ । 

हालसम्म ३२ मुलुकबाट नेपाली फर्किएका छन् भने फर्किनेमध्ये धेरै खाडी मुलुक  र मलेसियाबाट रहेका छन् । 

केन्द्रका अनुसार अफगानिस्तानबाट ५० नेपाली स्वदेश फर्किएका छन् । यस्तै अस्ट्रेलियाबाट १ हजार १००, ओमानबाट २ हजार २१६, कतारबाट २२ हजार ५९४, म्यानमारबाट २६, कुवेतबाट ९ हजार ९२३ नेपाली फर्किएका छन् । 
यसैगरी जापानबाट ३ हजार ५४१, थाइल्याण्डबाट ४७७, दक्षिण कोरियाबाट १ हजार ८११, बंगलादेशबाट ९३० नेपाली फर्किएका छन् । 

यस्तै मलेसियाबाट १७ हजार ९२४, माल्दिभ्सबाट १ हजार २६, श्रीलंकाबाट ६, युएईबाट ३५ हजार ४१७ नेपाली फर्किँदा साउदी अरेबियाबाट १७ हजार १६०, सिंगापुरबाट ८५६, हङकङबाट ५४६, पाकिस्तानबाट १११ नेपाली स्वदेश फर्किएका छन् । 

यस्तै बहराइनबाट १ हजार ३३९, अमेरिकाबाट ४३७, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट ५४०, टर्कीबाट २ हजार ९३७, फिलिपिन्सबाट २०१, स्वीट्जरल्याण्डबाट १०, दक्षिण सुडानबाट २५०, भारतबाट ८५ नेपाली स्वदेश फर्किएका छन् । भारतबाट स्थलमार्ग हुँदै ठूलो संख्यामा नेपाली स्वदेश फर्किएको भएपनि हवाइ उडानमार्फत भने ८५ नेपाली मात्र स्वदेश फर्किएको केन्दको तथ्यांकमा उल्लेख छ । 

यसैगरी इराकबाट ३९, साइप्रसबाट ६४ र जोर्डनबाट ५७७ नेपाली स्वदेश फर्किएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप