केन्द्रीय संस्करण

दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने

person explore access_timeकात्तिक ११, २०७७ chat_bubble_outline0

दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन् । आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७  घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका हुन् । 

    शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवका अनुसार यो कार्यक्रमअन्र्तगत रोल्पामा ११२, प्यूठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन् । 

    सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा रू तीन लाख ३२ हजार ५०० अनुदान पाउने छन् । पहिलो किस्ताको रकम पाउनका लागि घरको जग हाली झ्याल ढोका राख्नुपर्ने हुन्छ । त्यस्तै दोस्रो किस्ता पाउनका लागि घरको चुली हाल्नुपर्ने, तेस्रो किस्ताका लागि टिनको छाना छाउनुपर्ने र चौथो किस्ताका लागि शौचालय निर्माण गरेको हुनुपर्ने प्रमुख देवको भनाइ छ । 

    त्यस्तै विगत दुई बर्षमा दाङ, रोल्पा, पूर्वी रुकुम र प्यूठानमा लुम्वनी प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत २५२ घर निर्माण सम्पन्न गरिसकेको छ । आफ्नो जग्गा भएका तर आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका दलित, विपन्न मुस्लिम, सीमान्तकृत, अल्पसङ्ख्यकलगायत समुदायका लागि घर निर्माण गर्दै आएको प्रमुख देवले बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.