शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ

मङ्गलबार, ११ कात्तिक २०७७, २० : ३५
मङ्गलबार, ११ कात्तिक २०७७

उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमूख भीमप्रसाद दाहालले बताए । 

उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएले त्यसै गर्ने गरेको बयान दिएका छन् । अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप