केन्द्रीय संस्करण

गण्डकीमा थप ७८ जनामा कोरोना संक्रमण

person explore access_timeकात्तिक ११, २०७७ chat_bubble_outline0

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या छ हजार ७९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण ता रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिए । 

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)का ५५, कास्कीका नौ, बाग्लुङका पाँच, म्याग्दीका चार, स्याङ्जाका तीन र तनहुँका दुई जना छन् । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म सङ्क्रमण भएका मध्ये चार हजार १४ निको भएका छन् भने ६८ जनाको मृत्यु भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.