बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘हिटलर’को यस्तो छ ‘मःम चाउमिन’

बुधबार, १२ कात्तिक २०७७, १२ : ४०
बुधबार, १२ कात्तिक २०७७

काठमाडौं । फिल्म ‘हिटलर’को ‘मःम चाउमिन’ बोलको गीत सार्वजनिक गरिएको छ । लोचन घिमिरेको शब्द, संगीत तथा स्वर गीतमा अभिनेता शोहित मानन्धर र अभिनेत्री सामिया बर्तौलाको अभिनय देख्न सकिन्छ । 

कमेडी जानरामा सामाजिक प्रेमकथा मिसाएर बनाएको फिल्ममा सौरभ ढकालले निर्देशन गरेका हुन् । अष्टनारायण पिक्चर्स प्रालिको प्रस्तुति रहेको फिल्ममा शोहित र सामियाको अलवा मेनुका प्रधान, दिवस धिताल, ए गुरुङलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

मुगु र काठमाडौंमा छायाँकन भएको फिल्ममा अरुणराज पौडेलको छायाँकन र सूर्य थोकर लामाको द्वन्द्व रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप