शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा कोरोना संक्रमण : ६४ जनाको मृत्यु, संक्रमितको संख्या ५५ सय नजिक

बुधबार, १२ कात्तिक २०७७, १२ : ५१
बुधबार, १२ कात्तिक २०७७

भक्तपुर । कोरोना भाइरसको संक्रमणबाट भक्तपुर जिल्लामा हालसम्म ६४ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु हुनेमा ४५ जना पुरुष र १९ जना महिला रहेका छन् ।
हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय ७४ जना रहेको छ । जसमा पुरुष ३ हजार १ सय ८, महिला २ हजार ३ सय ६६ जना छन् ।

हालसम्म ३ हजार ४ सय १४ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पुरुष १ हजार ९ सय ७२ र महिला १ हजार ४ सय ४२ जना रहेका छन् ।

कुन नगरपालिकामा कस्तो छ संक्रमण ?
भक्तपुर चार वटा नगरपालिका रहेका छन् । संक्रमणको हिसाब मध्यपुरथिमि नगरपालिका सबैभन्दा धेरै संक्रमित रहेको नगरमा पर्दछ । मृत्यु हुनेको संख्यामा भक्तपुर नगरपालिका अगाडि रहेको छ ।
नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार मध्यपुरमा हालसम्म २२ जनाको मृत्यु कोरोनाबाट भएको छ । जसमा १५ जना पुरुष र ७ जना महिलाको मृत्यु भएको छ ।

यो नगरपालिकामा अहिलेसम्म ५ हजार ५ सय ५२ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ८ सय ६३ जनामा कोभिड–१९ पोजेटिभ आएको छ । जसमा १ हजार ६३ जना पुरुष र ८ सय जना महिला रहेका छन् ।
संक्रमणलाई जित्नेको संख्या १ हजार १ सय ९५ जना रहेको छ । ६ सय ६५ जना पुरुष र ५ सय ३० जना महिला रहेका छन्, नगरप्रमुख श्रेष्ठले रातोपाटीलाई बताए ।
हाल नगरपालिकामा संक्रिय संक्रमीतको संख्या ६ सय ४६ जना रहेका छन् ।

भक्तपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख डाक्टर रत्नसुन्दर लाछिवाका अनुसार कोरोना भाइरसको संक्रमणका कारणले २८ जनाको मृत्यु भएको छ । जसमा पुरुष १७ जना र ११ जना महिला रहेका छन् ।
२ हजार ६ सय ६ जनाको नमूना परीक्षण गरिएकोमा १ हजार ३ सय ६४ जनाको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ आएको छ ।

सो नगरपालिकामा ७ सय ४६ जना कोरोना भाइरसमुक्त जितेका छन् । जसमा ३ सय ७६ जना पुरुष र ३ सय ७० जना महिला रहेका छन् ।
सूर्यविनायक नगरपालिकामा कोरोना भाइरस संक्रमणको कारणले ८ जनाको मृत्यु भएको छ । नगरकार्यापालिका सदस्य तथा वडा नम्बर ७ का अध्यक्ष रवीन्द्र सापकोटाका अनुसार १ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ८ सय ३८ जना पुरुष र ६ सय ४१ जना महिला रहेका छन् ।

हालसम्म नगरपालिकाले घरदैलोमा नै गएर ६ हजार ९ सय ८५ जनाको स्वाबको नमूना परीक्षण गरिए समेत सापकोटाले बताए 
चाँगुनारायण नगरपालिकाका प्रवक्ता एव्म वडा नम्बर ८ का अध्यक्ष परासर सापकोटा अनुसार २ जनाको मृत्यु कोरोना भाइरसको संक्रमणको कारणले भएको छ । मृत्यु भएका दुई जनानै पुरुष रहेका छन् । 
नगरपालिकामा हालसम्म ५ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३ सय १८ पुरुष र १ सय ८४ जना महिला रहेका छन् । १ हजार १ सय ५० जनाको पीसीआर परीक्षण गरिएको समेत सापकोटाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप