शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिहारमा पहिलो चरणको निर्वाचनमा ७१ पदका लागि १०६६ उम्मेदवार भिड्दै

बुधबार, १२ कात्तिक २०७७, १४ : ४७
बुधबार, १२ कात्तिक २०७७

भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भइरहेको छ । बिहारमा तीन चरणमा चुनाव हुँदैछ । 

पहिलो चरणमा ७१ पदका लागि एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । ती मध्ये ९५२ जना पुरुष र १५५ जना महिला रहेका छन् । 

बिहानैदेखि भइरहेको मतदानमा कोरोनाभाइरसबाट जोगिन मतदाताहरुलाई आधारभूत मापदण्डहरु अपनाउन आह्वान गरिएको छ ।

बुधबार मतदान भइरहेको क्षेत्रमा कुल दुई करोड १४ लाख ८४ हजार ७८७ जना बैध मतदाता रहेका छन् । ती मध्ये पुरुष एक करोड १२ लाख ७६ हजार ३९६ जना र महिला एक करोड एक लाख २९ हजार १०१ रहेको आयोगले जनाएको छ । 

निर्वाचन सम्पन्न गराउन ७८ हजार ६९१ जना निर्वाचन कर्मचारी खटिएका छन् । बिहार राज्य अन्तर्गतका १६ जिल्लामा निर्वाचन भएको हो । 

मतदानका बेला अपनाउनु पर्ने मापदण्डका बारेमा निर्वाचन आयोगले निर्देशिका नै बनाएर जारी गरेको छ । भारतमा कोरोनाभाइरसको महामारी चलिरहेकै बेला पहिलो पटक निर्वाचन भइरहेको हो । 

मापदण्डमा विद्युतीय मतदान यन्त्रलाई सेनिटाइज गर्नु पर्ने, सबैले मास्कको प्रयोग गर्नुपर्ने, प्रतिरक्षात्मक अन्य साधनहरुको प्रयोग गर्नुपर्ने, सेनिटाइजर, साबुन र पानी सबैलाई पर्याप्त उपलब्ध गराउनु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्नेलगायतका कुरा उल्लेख गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप