केन्द्रीय संस्करण

दुई फरार प्रतिवादी पक्राउ

person explore access_timeकात्तिक १२, २०७७ chat_bubble_outline0

कुटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ का गणेश आचार्य र गलकोट नगरपालिका–८ का राजु परियार छन् ।

अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयन हुन बाँकी रहेका आचार्य र परियारलाई घरमै लुकिछिपी बसेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ ।

३६ वर्षीय आचार्यलाई कूटपिटको मुद्दामा अदालतले विसं २०७१ वैशाख १३ मा आठ महिना कैद र रु चार हजार जरिवानाको फैसला गरेको थियो । यस्तै सार्वजनिक अपराधमा पक्राउ परेका ३९ वर्षीय नेपालीले विसं २०७३ माघ १० मा रु छ हजार जरिवानाको सजाय पाएका थिए ।

पछिल्लो समय प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । कार्यालयका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले एक महिनायता १०७ जना फरार प्रतिवादी पक्राउ परेको जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.