शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न ३३ युवा पक्राउ

बुधबार, १२ कात्तिक २०७७, १५ : ३४
बुधबार, १२ कात्तिक २०७७

दाङको तुलसीपुर उपमहानगरपालिकामा कमारा बिकमाथि भएको सांघातिक हमलाबारे अनुसन्धान गर्न प्रहरीले ३३ जना युवालाई पक्राउ गरेको छ ।

उपमहानगरको वडा नम्बर ११ स्थित नवलपुर निवासी ४५ वर्षीय विकमाथि तुलसीपुर– १० गोलौरीमा अपरिचित समूहले सांघातिक हमला गरेको थियो ।

उनको एउटा खुट्टा छिनालिएको अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरि अस्पताल पु¥याएको थियो । विकको दुबै हातमा पनि धारिलो हतियारले काटेको गहिरो घाउ लागेको छ ।

सोही घटना अनुसन्धान गर्नको लागि गोलौरी आसपासका ३३ जना युवाहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

‘पक्राउ परेकाहरुमाथि सोधपुछ र अनुसन्धान जारी छ,’ डिएसपी सिंहले भने, ‘रातको समयमा सोही गाउँका युवाहरुका बीचमा पनि आपसमा झडप भएको खुल्न आएको छ ।’


घाइते बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि गएराति  थप उपचारका लागि बाँके रिफर गरिएको थियो । घाइतेलाई त्यहाँबाट पनि उपचारका लागि भारतको लखनउतर्फ लगिएको छ ।

अत्यधिक रक्तस्रावका कारण घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । गोलौरीमा आफ्नो भान्जाको विहे भोज खाएर आफ्नो घरतर्फ जाँदै गरेका बिकमाथि पढ्ढा र गौलौरीको बीचको खेतमा सांघातिक आक्रमण भएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप