शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमित ७९ लाख ९० हजार, एक लाख २० हजारको मृत्यु

बुधबार, १२ कात्तिक २०७७, १५ : ५२
बुधबार, १२ कात्तिक २०७७

 भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७९ लाख  ९० हजार पुगेको छ । 

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ६ लाख १० हजार ८०३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । विगत २४ घण्टामा ५०८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।भारतमा कोभिड–१९ को संक्रमणबाट कूल मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १० जना पुगेको छ । 

मन्त्रालयले भारतमा कूल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ । 

यसैगरी विश्वमा प्रति दश लाख जनसंख्यामा औसतमा १४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १६९, फ्रान्समा ५११, बेलायतमा ६४४ र संयुक्तराज्य अमेरिकामा ६६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । 

भारतीय महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँ अझै पनि १ लाख ३२ हजार व्यक्ति सक्रिय संंक्रमित रहेका छन् ।  यहाँ ४३ हजार ४६३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ७८ हजार व्यक्ति निको भएका छन् । 

कर्नाटक राज्यमा ७१ हजार सक्रिय संक्रमित रहेकामा ७ लाख २७ हजार निको भएका छन् भने १० हजार ९९१ जनाको मृत्यु भएको छ ।

पश्चिम बङ्गलामा ३७ हजार १७२ जना सक्रिय संक्रमित रहेका छन् । तमिल नाडूमा २७ हजार ७३४ जना सक्रिय संक्रमित र राष्ट्रिय राजधानी दिल्लीमा २७ हजार ८७३ जना सक्रिय संक्रमित रहेका जनाइएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म १० करोड ५४ लाख ८७ हजारको नमूना परीक्षण गरेको जनाएको छ । हिजो अर्थात अक्टोबर २७ का एकै दिनमा १० लाख ६६ हजार ७९६ जनाको नमूना परीक्षण गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप