यौनशोषणको आरोप : पायलविरुद्ध कानुनी कारवाहीको तयारीमा अनुराग कश्यप
पायल घोषले एक महिनाअघि निर्देशक अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाएकी थिइन् । कश्यप अब यस मुद्दामा आरपारको लडाइँको तयारीमा छन् । एक महिनासम्म प्रमाण जुटाउन लागी परेका कश्यप अब कानुनी कारवाहीका लागि अदालत जाने तयारी गरिरहेको मिडिया रिपार्ट आएको छ ।
स्रोतका अनुसार कश्यपलाई आफ्नोभन्दा पनि परिवारको चिन्ता छ । यो आरोपले उनको परिवारलाई ठेस पुगेको छ । कश्यपका अनुसार यो उनको प्रतिष्ठाको पनि प्रश्न हो । यो आरोपले ती सबै कुराबारे प्रश्न उठाएको छ जसका लागि आफू पुरा जीवन उभिएको उनको भनाइ छ । कश्यपले एक झुठका कारण आफ्नो प्रतिष्ठा बर्बाद हुन नदिने बताएका छन् । आफूले न्याय नपाएसम्म लड्ने उनले बताएका छन् ।
कश्यपका निकटस्तका अनुसार उनले आफू निर्दोष भएको प्रमाण जुटाएका छन् । यस्तोमा अब पायलसँग उनीविरुद्ध लगाएको आरोपबारे कस्तो प्रमाण छ भन्ने प्रश्न उठेको छ ।
पायलले यस मामिलामा ऋचा चड्ढाको नाम पनि लिएकी थिइन् । तर, पछि ऋचाले मानहानीको मुद्दा हालेपछि उनले माफी माग्न परेको थियो । हाल पायल केन्द्रीय मन्त्री रामदास आठवलेको पार्टी आरपीआईसँग आबद्ध भएकी छन् । उनलाई पार्टीमा महिला विभागको अध्यक्ष बनाइएको छ । यस मामिलामा मुम्बई प्रहरीले उनलाई करिब ८ घण्टा सोधपुछ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै