बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोरखाकी १९ वर्षीय किशोरीसहित थप २ को कोरोना संक्रमणबाट निधन

बुधबार, १२ कात्तिक २०७७, १६ : ४७
बुधबार, १२ कात्तिक २०७७

पोखरा । गण्डकी प्रदेशमा थप २ को कोरोना संक्रमणबाट निधन भएको छ । गोरखा र नवलपुरका दुई संक्रमितको उपचारको क्रममा चितवनमा निधन भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुने गोरखा बारपाक सुलिकोट १ की १९ वर्षीय किशोरी हुन् । संक्रमितको उपचारको क्रममा ११ गते दिउँसो ३ बजेर ४५ मिनेट जादा भरतपुर अस्पताल, चितवनको आईसियुमा निधन भएको थियो । 

त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउने नवलपुर गैंडाकोट–२ का ५४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । ११ गते साझँ ५ः२६ चितवन मेडिकल कलेज, चितवनको आईसियु मा उपचारका क्रममा उनको निधन भएको हो । योसँगै गण्डकी प्रदेशमा  कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ६९४५ पुगेको छ ्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणबाट संक्रमितको पहिचान भएको हो । सबै संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान भएको निर्देशनालयले विज्ञपतिमार्फत् जानकारी दिएको छ । सबै संक्रमिहरुको आईसोलेसनमा व्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप