बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बसमा लुकाएर ल्याएको ठूलो मात्रामा पटाका नागढुङ्गाबाट बरामद, दुईजना पक्राउ

बुधबार, १२ कात्तिक २०७७, १८ : ३९
बुधबार, १२ कात्तिक २०७७

काठमाडौं । ठूलो परिणामको पटाकासहित प्रहरीले नागढुङ्गाबाट एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब १३ लाख  ३० हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार थान खुर्सानी पटाका प्रहरीले बरामद गरेको हो । कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएका ३० वर्षीय नबिन जोशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ४५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको सिट मुनि लुकाइ छिपाइ ल्याएको अवस्थामा उक्त पटाका फेला पारी बस चालक जोशीलाई पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका–२ नागढुङगाबाट ८ हजार ४ सय थान खुर्सानि पटाका, १२ थान सिङग्ल  रकेट लेखिएको पटाका, ८० थान गमला पटाका,  १ सय थान बुलेट पटाका, १ सय ९० थान लामो रकेट पटाका सहित रौतहट राजदेवी नगरपालिका(६ घर भएका ३२ वर्षीय पिन्टु जैसवाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । रौतहटको गौरबाट काठमाडौंतर्फ आउँदै गरको ना ६ ख ७११४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा जैसवालले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पटाकासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत विष्फोटक पदार्थ सम्बन्धि कसूरमा अनुसन्धान तथा कारवाही भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप