शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पिङ खेल्ने निहुँमा कुटपिट गरी हत्या

बुधबार, १२ कात्तिक २०७७, १८ : ४४
बुधबार, १२ कात्तिक २०७७

स्याङजा पुतलीबजार नगरपालिका–६ पुरीस्वारा बस्ने २९ वर्षीय सूर्यबहादुर गुरुङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३४ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ र ३४ वर्षीय गिरबहादुर गुरुङ रहेका छन् ।

सोमबार राति पुतलीबजार नगरपालिका–६ टक्सार कोल्डाँडा पहिरोस्थित मादक पदार्थ सेवन गरी पीङ खेल्ने क्रममा झगडा हुँदा सूर्यबहादुर गम्भीर घाइते भएकोमा जिल्ला अस्पताल हुँदै थप उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मंगलबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

 साथै उक्त घटनाको थप अनुसन्धानका लागि २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप