शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ५५६ सङ्क्रमित थप

बुधबार, १२ कात्तिक २०७७, १९ : ४०
बुधबार, १२ कात्तिक २०७७

पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा  ५५६ जना कोरोना सङ्क्रमित  थपिएका छन् ।  सोही अवधिमा मंगलबार ४३  सङ्क्रमित थपिएका थिए भने हिजै विभिन्न स्थानबाट ७२० जना उपचार भएर घर फर्किएका थिए ।

आज सङक्रमित हुनेमा  मोरङमा २४२ मध्ये विराटनगरमा १७१, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा छ, धनकुटामा पाँच, सङ्खुवासभामा चार, खोटाङ र तेह्रथुममा तीनतीन र प्रदेश  बाहिरका १७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २५० पुगेको छ भने अहिलेसम्ममा १० हजार १३८ जना निको भएर घर फर्किएका छन् । आजै मात्र यसप्रदेशमा ६९५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा यसप्रदेशमा एक हजार २६१ जना सहित अहिलेसम्ममा कूल एक लाख ५६ हजार ५४६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप