शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तिब्बती शरणार्थीको परिचयपत्र नविकरण

बुधबार, १२ कात्तिक २०७७, २० : ५५
बुधबार, १२ कात्तिक २०७७

जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २ सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नविकरण गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट तिब्बती शरणार्थी परिचयपत्र लिएकामध्ये असोज मसान्तसम्म २ सय ४० जनाको परिचयपत्र नविकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रशासन कार्यालयबाट तिब्बती शरणार्थीको परिचयपत्र लिनेको सङ्ख्या ३ सय २० रहेको छ । तिब्बती शरणार्थी वर्षौदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित तिब्बतीयन क्याम्पमा बसोबास गर्दै आएका छन् । कार्यालयले नयाँ परिचय पत्र भने वितरण नगरेको जनाएको छ । कार्यालयमा चालु आर्थिक वर्षको तीन महिनामा ९८ वटा हातहतियार नविकरण गरिएका छन् । साउनमा ८, भदौमा ६१ र असोजमा २९ हातहतियारको नविकरण भएको प्रशासनले जनाएको छ । त्यस्तै दुई हातहतियारको नामसारी गरिएको छ । 

कार्यालयले साउनमा २ सय ६१, भदौमा ९१ र असोजमा ७ सय ११ गरी १ हजार ६३ वटा वंशजका आधारमा नागरिकता वितरण गरेको छ । साउनमा ९२, भदौमा २ सय ३३ र असोजमा ४ सय ५८ गरी ७ सय ८३ वटा नागरिकताको प्रतिलिपी वितरण गरिएको प्रशासनले जनाएको छ । यस अवधिमा एक जनाले नागरिकता परित्याग गरेका छन् । प्रशासनले तीन महिनामा ४ सय ९५ राहदानी जिल्लाबाट सिफारिस, ८१ दु्रत सेवा सिफारिस र ३ सय ९६ वटा राहदानी वितरण गरेको छ । यसैगरी विपद् पीडितलाई रु १३ लाख २९ हजार राहत वितरण गरिएको छ । 

यस अवधिमा १७ वटा मुद्दा दर्ता भएका छन् भने १३ मुद्दा फछ्र्यौट भएको छ । त्यस्तै ३ सय २१ वटा आदिवासी जनजाति, २९ वटा दलित प्रमाणित, ३ सय ५८ वटा पेन्सन सिफारिस र ८ सय २० अन्य सिफारिस भएको छ । चार वटा संस्था दर्ता भएको कार्यालयमा एक हजार एक सय ८५ वटा संस्था नवीकरण भएको छ । कार्यालयले यस अवधिमा रु २८ लाख २० हजार तीन सय ७० राजश्व सङ्कलन गरेको छ । संस्था दर्ताबाट रु दुई लाख ६४ हजार तीन सय १५, हातहतियार नविकरण र नामसारीबाट रु ४७ हजार चार सय २५, राहदानी दस्तुरबाट रु २३ लाख ७३ हजार, न्यायिक प्रशासनिक दण्ड जरीवानाबाट रु एक लाख २६ हजार नौ सय र अन्य प्रशासनिक सेवा शुल्कबाट रु आठ हजार ७ सय ३० राजश्व सङ्कलन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप