शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

बुधबार, १२ कात्तिक २०७७, २१ : ०६
बुधबार, १२ कात्तिक २०७७

कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ्गम टोलका ६६ वर्षका  वीरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए । ठक्कर दिने ट्रकका चालक फेला नपरेकाले खोजी कार्य भइरहेको बताइएको छ । ट्रकका साहू भने सम्पर्कमा रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप