बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केन्द्रीय मन्त्री स्मृति ईरानीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

बुधबार, १२ कात्तिक २०७७, २१ : २९
बुधबार, १२ कात्तिक २०७७

केन्द्रीय मन्त्री स्मृति ईरानीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यसको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘घोषणा गर्दाको समय शब्दलाई खोज्नु मेरोलाई कठिन छ, त्यही भएर म सजिलो शब्दमा भन्दैछु – मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जो मेरो सम्पर्कमा आएका छन्, उनलाई चाँडो आफ्नो पनि जाँच गर्न अपिल गर्दछु ।

भारतमा हालसम्म कोरोनासंक्रमितको संख्या ८० लाख नाघिसकेको छ । संक्रिय संक्रमितको संख्या ६ लाख ११ जहार रहेको छ । मंगलबार थप ४३ हजार ३४ जनामा संक्रमण पुष्टि भएको छ भने ५८ हजार ४२८ जना निको भएका छन् । हालसम्म भारतमा ७२ लाख ५७ हजार ४४ जना निको भइसकेका छन् भने १ लाख २० हजार ६१ जनाले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप