शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा प्रहरी र स्थानीयवासीबीच झडप, प्रहरीले गोली चलायो

बुधबार, १२ कात्तिक २०७७, २३ : २९
बुधबार, १२ कात्तिक २०७७

बारामा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । सो क्रममा प्रहरीले गोली चलाउँदा एक स्थानीय घाइते भएका छन् । सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको समान नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झडप हुन पुगेको र सो क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर एक स्थानीयवासी गम्भीर भएका छन् भने एकजना प्रहरी नायव निरीक्षकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप