बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाको चर्को डर– फेरि फर्कियो युरोपमा यसको कहर

फ्रान्समा लकडाउन, जर्मनीमा कडा प्रतिबन्धहरु : अन्य देशहरुमा पनि थरिथरिका नियमहरु
बिहीबार, १३ कात्तिक २०७७, ०३ : ३४
बिहीबार, १३ कात्तिक २०७७

युरोपमा कोरोनाभाइरस संक्रमणको कहर फेरि बढ्न थालेको छ । हाल देखापरेको कोरोनाभाइरस संक्रमणको दोस्रो लहरका विरुद्ध लड्नका लागि फ्रान्स र जर्मनीले नयाँ प्रतिबन्धहरुको घोषणा गरेको छ ।

त्यसअनुसार, जर्मनीले पुन: लकडाउनतिर फर्कँदै आगामी सोमबारदेखि लागू हुने गरी रेष्टुरा तथा बारहरु बन्द गर्ने निर्णय गरेको छ । फ्रान्सले त बिहीबार रातिदेखि नै लागू हुने गरी मुलुकभरि नै लकडाउनको घोषणा गरेको छ ।

विगत महिनौंदेखि युरोपका मुलुकहरुले विभिन्न किसिमका प्रतिबन्धहरुको माध्यमबाट कोरोनाभाइरसको संक्रमणलाई रोक्न र कम गर्न कोशिश गरिरहेका छन् । तर पनि त्यहाँ अपेक्षाकृत सफलताहरु हासिल भने हुन सकेका छैनन् ।

टेलिभिजनबाट सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनले मुलुकभरि बढ्दै गइरहेको संक्रमणका केसहरु र अस्पतालका सीमित क्षमताका बीच लकडाउनलाई फेरि लागू गर्नुको कुनै विकल्प नरहेको बताएका छन् ।

माक्रोनले जोड दिँदै के पनि भनेका छन् भने युरोपको ठूलो हिस्साले त्यही स्थितिको सामना गर्नु परिरहेको छ, ‘कोरोनाको दोस्रो लहरले अहिले आघातित भएको छ, र सम्भवतः यो पहिलो लहरभन्दा पनि बढी कडा र घातक हुनेवाला छ ।’

माक्रोनले जोड दिँदै के पनि भनेका छन् भने युरोपको ठूलो हिस्साले त्यही स्थितिको सामना गर्नु परिरहेको छ, ‘कोरोनाको दोस्रो लहरले अहिले आघातित भएको छ, र सम्भवतः यो पहिलो लहरभन्दा पनि बढी कडा र घातक हुनेवाला छ ।’

लकडाउनको घोषणासँगै अब फ्रान्समा सबै गैरजरुरी व्यवसायहरु बन्द रहनेछन् । त्यसमा रेष्टुरा, बारहरु समेत पर्नेछन् । त्यसैगरी घरबाहिरका हिँडडुल एवं गतिविधिहरुमा कडाइ गरिएको छ, व्यक्तिगत वा सार्वजनिक जमघटहरुमाथि प्रतिबन्ध लगाइएको छ ।

लकडाउनका बाबजूद स्कुलहरु भने खुला नै राखिने भएको छ । त्यसै गरी, सार्वजनिक सेवा, कलकारखाना, फार्म, निर्माण सेवा जस्ता केही आर्थिक गतिविधिहरु सुचारु राखिने भएको छ । त्यसका लागि मानिसहरु आफ्ना कार्यक्षेत्रमा आवातजावात गर्न पाउने छन् । त्यसैगरी, सेवानिवृत्त आवासहरुको भ्रमण तथा मृत्यु संस्कारमाथि पनि विगतका लकडाउनमा जस्तो कडाइ भने गरिने छैन ।

फ्रान्सको लकडाउन आगामी डिसेम्बर १ गतेसम्म लागू हुने बताइएको छ ।

त्यसो त फ्रान्सका दुई तिहाई जनसंख्याले विगत दुईहप्तादेखि रातको ९ बजेपछि कर्फ्यू भोग्दै आएका छन् । त्यसका बाबजूद युरोपका अन्य मुलुकहरुमा जस्तै फ्रान्समा पनि कोरोनाको संक्रमण बढेर आएको छ । गत मंगलबार मात्रै फ्रान्समा कोरोनाकै कारण ५२७ जनाको मृत्यु भएको थियो । यो भनेको गत अप्रिल महिना यताकै सबैभन्दा बढी संख्या हो । 

उता जर्मनीका चान्सलर एन्जेला मर्केलले पनि बुधबार एक घोषणा गर्दै आगामी सोमबारदेखि लागू हुने गरी नयाँ प्रतिबन्धहरुको घोषणा गरेकी छन् । त्यसअनुसार,  रेष्टुरा तथा बारहरु बन्द रहनेछन्, व्यवसायिक खेलहरु रित्तो रंगशालामा खेलाइनुपर्नेछन् तथा नाटकघर, व्यायामशाला तथा कस्मेटिक स्टुडियोहरु बन्द रहनेछन् ।

जर्मनीका चान्सलर एन्जेला मर्केलले पनि बुधबार एक घोषणा गर्दै आगामी सोमबारदेखि लागू हुने गरी नयाँ प्रतिबन्धहरुको घोषणा गरेकी छन् । त्यसअनुसार,  रेष्टुरा तथा बारहरु बन्द रहनेछन्, व्यवसायिक खेलहरु रित्तो रंगशालामा खेलाइनुपर्नेछन् तथा नाटकघर, व्यायामशाला तथा कस्मेटिक स्टुडियोहरु बन्द रहनेछन् ।

त्यसैगरी, सार्वजनिक स्थानहरुमा मानिसहरुको उपस्थितिको संख्यालाई सीमित गरिनेछ । तर स्कुल, सुपरमार्केट, स्टोर तथा डे केयर सेन्टरहरु भने खुला नै रहनेछन् ।

‘केही हप्तामा नै हामी हाम्रा स्वास्थ्य प्रणालीको सीमामा पुगिसकेका छौं,’ एक पत्रकार सम्मेलनमा बोल्दै मर्केलले भनेका छन्, ‘यो एकदमै सुस्पष्ट छ कि हामीले राष्ट्रव्यापी स्वास्थ्य समस्यालाई पन्छाउनका लागि केही कदम चाल्नैपर्छ, अहिले नै चाल्नुपर्छ ।

जर्मनीका चान्सलर मर्केलले यस्ता प्रतिबन्धहरु आम नागरिकका लागि बोझ हुने गरेको र त्यसका विरुद्ध मानिसहरुमा चिन्ता तथा विद्रोहका भावना रहने गरेको कुरा स्वीकारेकी छन् । तर साथसाथै उनले त्यसको आवश्यकता र औचित्यमाथि जोड पनि दिएकी छन् । विगत १० दिनमा मात्रै जर्मनीका अस्पतालहरुमा कोरोनाभाइरस संक्रमितहरुको संख्या दोब्बर भएको छ । 

त्यसो त महिनाव्यापी बन्दले प्रभावित हुने साना तथा मध्यम खालका व्यवसायहरुको क्षतिको ७५ प्रतिशतसम्म शोधभर्ना सरकारले गर्ने घोषणा पनि चान्सलर मर्केलले गरेका छन् । त्यसका लागि १० अरब युरो छुट्याइने भएको छ ।

स्मरण रहोस्, यसअघि जर्मनीमा लागू गरिएका प्रतिबन्धहरुको तुलनामा  यसपटक केही खुकुलो गरिएका छन् । अघिल्लो पटक त स्कुल तथा अधिकांश व्यवसायहरु पूर्णतः बन्द गरिएका थिए ।

कोरोनाभाइरसकै महामारीका कारण पोर्तुगलमा बुधबारदेखि सामाजिक दूरीको सुनिश्चितता नहुने सार्वजनिक स्थानहरुमा मास्क लगाउन अनिवार्य गरिएको छ । १० वर्षभन्दा माथि उमेरसमूहका लागि तोकिएको यो उपाय गत मंगलबार पोर्चुगलमा महामारी शुरुभएयता दोस्रो सबैभन्दा बढी संक्रमण देखापरेपछि लागू गरिएको हो ।  त्यसैगरी, अक्टोबर ३० देखि नोभेम्बर ३ सम्म नगरहरुबीचको आवातजावातमाथि पनि प्रतिबन्ध लगाइएको छ । 

युरोपियन युनियनको हेडक्वार्टर समेत रहेको मुलकु बेल्जियम यतिखेर कोरोनाको भयानक चपेटमा परेको छ । तर उसले जनस्वास्थ्यको नियमहरुको कडाइका साथ पालनामा जोडदिँदै प्रायः सबै गतिविधिहरु खुला नै राखेको छ । उता चेक रिपब्लिकले भने बुधबारदेखि नै लागू हुने गरी राष्ट्रव्यापी कर्फ्यू लागू गरेको छ । त्यहाँ स्कुल, पसल तथा रेष्टुराहरु बन्द गरिएका छन् । सार्वजनिक स्थानहरुमा हिँडडुल गर्दा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

कोरोना संक्रमणको भयानक चपेटमा परिरहेको मुलुक बेलायतमा पनि प्रधानमन्त्री बोरिस जोनसनमाथि लकडाउन गर्न चर्को दवाब परिरहेको छ । एसएजीइ भनेर चिनिने सरकारको सल्लाहकार निकायले उनलाई कोरोनाभाइरसको दोस्रो लहर पहिलो लहरभन्दा भयानक र घातक हुने चेतावनी दिएको छ ।

कोरोना संक्रमणको भयानक चपेटमा परिरहेको मुलुक बेलायतमा पनि प्रधानमन्त्री बोरिस जोनसनमाथि लकडाउन गर्न चर्को दवाब परिरहेको छ । एसएजीइ भनेर चिनिने सरकारको सल्लाहकार निकायले उनलाई कोरोनाभाइरसको दोस्रो लहर पहिलो लहरभन्दा भयानक र घातक हुने चेतावनी दिएको छ ।

कोरोनाको बढ्दो कहरका बीच युरोपियन युनियनले पनि हिजो बुधबार परीक्षण र युनियनका सदस्य राष्ट्रहरुबीच सहकार्यमा सुधार गर्न जोड दिएको छ । ‘हामीले दुईटा शत्रुका सामना गरिरहेका छौं,’ युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयेनले भनेकी छिन्, ‘कोरोनाभाइरस आफैंसँग र कोरोनाको थकानसँग ।’

स्रोतः न्यूयोर्क टाइम्स


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप