शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै दिन २४ हजार भन्दा बढी संक्रमित थपिए

बिहीबार, १३ कात्तिक २०७७, ०६ : ०२
बिहीबार, १३ कात्तिक २०७७

लन्डन – बेलायतमा  बुधबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । 

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार आज थप  २४ हजार ७०१ नयाँ कोरोना संक्रमित थपिएका हुन् । अघिल्लो दिनको तुलनामा संक्रमित हुनेको संख्या झन्डै दुई हजारले बढी छ । 

यससँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनको संख्या ९ लाख ४२ हजार २७५ पुगेको छ । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा ६२ प्रतिशतले वृद्धि भएको अधिकारीहरुले बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ३१० जना कोरोना  संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको  छ ।  मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका व्य्कतिहरु रहेका छन् ।  हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ६७५ पुगेको छ ।  

सरकारी तथ्याङ्कअनुसार झन्डै एक तिहाई मृतकहरु ७५ वर्ष भन्दा माथिका रहेका छन् । तर पछिल्लो समयमा भने ठूलो संख्यामा मृत्यु हुनेमा ९० वर्षमाथिका रहेका छन् ।   

कोरोनाको संक्रमण बढेसंगै अस्पताल भर्ना हुनेको संख्या पनि दैनिक सुपमा बढ्दै गैरहेको छ  । पछिल्लो २४ घन्टामा एक हजार २२७ जना कोरोना  संक्रमितहरु अस्पताल भर्ना भएका छन् ।

हाल ९०२ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ भने  ९ हजार ५२० जना कोरोना संक्रमितको अस्पतालमा  उपचार भइरहेको  मन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप