शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस : फ्रान्समा दोस्रो पटक लकडाउनको घोषणा

बिहीबार, १३ कात्तिक २०७७, ०७ : ३२
बिहीबार, १३ कात्तिक २०७७

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तिमा नोभेम्बरको अन्त्यसम्मका लागि दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेका छन् । शुक्रबारबाट शुरु हुने नयाँ लकडाउनमा मानिसहरु अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धि कामका लागि मात्र घर छाडेर निस्कन पाउनेछन् ।

लकडाउनका दौरान रेस्टुरेन्ट र बार बन्द रहनेछन् भने स्कूल र फ्याक्ट्री भने खुला रहनेछन् । फ्रान्समा कोभिड–१९ का कारण दैनिक हुने मृत्युको संख्या गत अप्रिल यता कै उच्च रहेको छ । मंगलबार मात्र देशमा थप ३३ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।

म्याक्रोँले संक्रमणको दोस्रो लहरले देशलाई पहिलो लहरलेभन्दा बढी प्रभावित गर्ने जोखिम रहेको औँल्याए । टेलिभिजनबाट राष्ट्रलाई सम्बोधन गर्दै उनले महामारीको फैलावटलाई रोक्न निर्मम भएर ब्रेक लगाउनुपर्ने आवश्यकता रहेको जिकिर गरे । उनले फ्रान्सका अस्पतालका आधाभन्दा बढी आईसीयूमा कोभिडका बिरामी रहेको पनि जानकारी दिए ।

उता, जर्मनीले पनि आपत्कालिन लकडाउन लागू गर्ने भएको छ । फ्रान्सको तुलनामा लकडाउन कम कडा भए पनि त्यहाँ पनि जिम, रेस्टुरेन्ट र थिएटरहरु बन्द नै रहनेछन् ।

युरोपमा पछिल्लो समय संक्रमण उच्च दरमा बढी रहेको छ । बुधबार बेलातमा मात्र २४ हजार ७०१ जना संक्रमित फेला परेका थिए भने ३१० जनाले ज्यान गुमाएका थिए । एक अध्ययनले बेलायतमा दैनिक १ लाख मानिसहरु वास्तविकरुपमा संक्रमित बनिरहेको र यसलाई परिवर्तन गर्न केही आवश्यक कदम चालिनुपर्ने अध्ययकर्ताहरुले चेतावनी दिएका छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप