शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२९ लाख नगदसहित १० जुवाडे पक्राउ, अधिकांश व्यवसायी

बिहीबार, १३ कात्तिक २०७७, १४ : ०३
बिहीबार, १३ कात्तिक २०७७

काठमाडौँ । बाँके प्रहरीले २९ लाख ४८ हजार सात सय नगदसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । बाँकेका प्रहरी उपरीक्षक (एसपी) ओम रानाले नगदसहित उनीहरू पक्राउ परेको पुष्टि गरे ।

जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका– ४ बसपार्कस्थित ४६ वर्षीय कृष्ण प्रसाद वलीको घरबाट उनीहरुलाई पक्राउ गरिएको एसपी रानाले रातोपाटीलाई जानकारी दिए ।

‘गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले वलीको घरमा खानतलासी गर्दा १० जना पक्राउ परेका हुन्,’ रानाले भने ।

रानाका अनुसार पक्राउ पर्नेहरुमा नेपालगञ्ज उपमहानगरपालिका– ४ का सन्तोष थापा, ६ का मेघनाथ कुचबन्दिया, ४ का नविन घिमिरे, १० का टोप बहादुर शाही, ४ का पब्लु भण्डारी, तरुण गौतम, ७ का रविन राणा, ४ सन्तोष वली, कृष्ण बहादुर सुवेदी र १ का रहमान मिया छन् ।

जुवाको खालबाट पक्राउ पर्नेहरुमा अधिकांश नेपालगञ्जका ठूला व्यवसायीहरु रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप