बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मूर्ति विसर्जनका क्रममा नदीमा बेपत्ता बालकको शव फेला

बिहीबार, १३ कात्तिक २०७७, १४ : ११
बिहीबार, १३ कात्तिक २०७७

मंगलबार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका गएका रुपन्देही, सम्मरीमाई गाउँपालिका–६ निवासी १६ वर्षीय मुकेश चौधरीको शव बिहीबार फेला परेको छ ।  
कोटहीमाई गाउँपालिका–४ स्थित दानव नदीमा रहेको मर्चवार लिफ्ट सिंचाई योजनाको वाटरडम्पिङ्गभित्र डुबेको अवस्थामा उनको शव फेला परेको हो । 

सो नदीमा मूर्ति विसर्जनका क्रममा तीन किशोर डुबेकोमा दुई जनाको तत्कालै उद्धार गरिएको थियो भने निज चौधरी बेपत्ता भएका थिए । स्थानीय बासिन्दा र प्रहरी प्रशासनको निरन्तरको प्रयासले दुई दिनपछि शव फेला परेको हो ।
मृतक चौधरीको शव बिहीबार नै अन्त्येष्टि गरिएको छ । प्रत्यक्षदर्शीहरुको बयान र घटनास्थलको सार्वजनिक मुचुल्काका आधारमा प्रहरीले शव परीक्षण गरिरहनु नपर्ने ठहर गर्दै अन्त्येष्टिका लागि शव आफन्तको जिम्मा लगाएको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप