मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तरकारी र फलफूल बलि दिएर  मनाइयो दशैँ

बिहीबार, १३ कात्तिक २०७७, १४ : ५५
बिहीबार, १३ कात्तिक २०७७

च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी ९आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ० आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । 
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो । विगतका वर्षमा जिल्लाको उत्तरी नाका हिल्साबाट च्याङ्ग्रा जिल्लामा भित्रिने गरिएको थियो भने यस वर्ष च्याङ्ग्रा ल्याउने कार्य ठप्प भएका छन् ।

उत्तरी नाकाबाट खसी आयात हुन नसकेपछि छिमेकी जिल्ला बझाङ, बाजुरा र दार्चुलाबाट भने केही मात्रामा लोकल खसी आयात गरिए पनि उक्त खसीको मूल्य भने निकै महङ्गो भएकाले स्थानीय बासिन्दाले किन्न सकेनन् । उनीहरुले आफ्नै खेतबारीमा रोपेका अन्न बालिनालीको बलि दिएर दशैँ मनाइएको सिमकोट गाउँपालिका–७ निवासी जोखे सुनारले बताए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप