शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, ३०३८ संक्रमणमुक्त

बिहीबार, १३ कात्तिक २०७७, १६ : १८
बिहीबार, १३ कात्तिक २०७७

बितेको २४ घण्टामा थप २३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ । यस्तै ३०३८ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको छ यससँगै हालसम्म पीसीआर परीक्षण संख्या १४ लाख १९ हजार ६४ पुगेको छ । 

मन्त्रालयका अनुसार हाल देशभर कुल १ लाख ६४ हजार ७१८ जना संक्रमित रहेकोमा १ लाख २४ हजार ८६२ जना निको भएका छन् ।  हाल देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् । 
यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९०४ पुगेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप