बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा १६१५ संक्रमित थपिए, देशभर कुन जिल्लामा कति सक्रिय संक्रमित ?

बिहीबार, १३ कात्तिक २०७७, १६ : ३५
बिहीबार, १३ कात्तिक २०७७

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०४ महिला र ९११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 
यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ भने त्यसमध्ये ४२ हजार ५०४ जना निको हुँदा सक्रिय संक्रमित १६ हजार ५२१ जना रहेका छन् । हालसम्म काठमाडौंमा २०९ जनाको मृत्यु भएको छ।  
यसैगरी भक्तपुरमा ५ हजार ५१९ जना संक्तमित रहेकोमा ४ हजार ३८३ जना निको भएका छन् । यस्तै हाल १०७५ जना सक्रिय संक्रमित रहेको भक्तपुरमा ६१ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

यसैगरी ललितपुरमा हालसम्म ८ हजार ३५० जनामा संक्रमण पुष्टि भएकोमा संक्रमितमध्ये ५ हजार ८२२ जना निको भएका छन् । यस्तै हाल २ हजार ४७० जना सक्रिय संक्रमित रहेको ललितपुरमा ५८ जनाको मृत्यु भएको छ । 

७६ जिल्लामा सक्रिय संक्रमित


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा कोरोनाको सक्रिय संक्रमित रहेका छन् । हाल मुस्ताङ जिल्लामा मात्रै शून्य संक्रमित रहेका छन् भने काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । 

५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा कैलाली, दाङ, रुपन्देही, नवलपरासी, कास्की काभ्र, चितवन, झापा, मोरङ, सुनसरीसहित उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् । 

२४ घण्टाको तथ्यांक
बितेको २४ घण्टामा थप २३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ३०३८ संक्रमणमुक्त भएको  मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको छ भने यससँगै हालसम्म १४ लाख १९ हजार ६४ जनाको पीसीआर परीक्षण भएको छ । 

मन्त्रालयका अनुसार हाल देशभर कुल १ लाख ६४ हजार ७१८ जना संक्रमित रहेकोमा १ लाख २४ हजार ८६२ जना निको भएका छन् । 
हाल देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९०४ पुगेको हो । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप