शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवादमा तानियो अक्षयकुमारको ‘लक्ष्मी बम’

बिहीबार, १३ कात्तिक २०७७, १६ : ५८
बिहीबार, १३ कात्तिक २०७७

मुम्बई । अभिनेता अक्षयकुमारको आउँदो फिल्म ‘लक्ष्मी बम’ विवादमा तानिएको छ । केही अगाडि ट्रेलर रिलिज गरिएको फिल्मको अहिले बहिस्कारको माग गर्न थालिएको छ । सामाजिक संजालमा समेत यसलाई बस्किारको माग गरिएको छ । 

फिल्मको नाम तथा यसको कथावस्तु प्रति आपत्ति प्रकट गरिएको छ । कतिपयले फिल्मको नामले हिन्दूका भावनामा ठेस पुर्याएको समेत  धारणा राखेका छन् । 
फिल्म मेकर्सलाई श्री राजपुत करणी सेनाको तर्फबाट पनि कानुनी नोटिस मिलेको छ । जसमा फिल्मको नाम परिवर्तन गर्न माग समेत गरिएको छ ।

‘फिल्मको नाम ‘लक्ष्मी बम’ हिन्दुका देवी लक्ष्मीका लागि निकै अपमान हो’ कानुनी नोटिसमा भनिएको छ ‘मेकर्सले जानेर बुझेर देवी लक्ष्मीको अपमान गर्न फिल्मको यस्तो टाइटल राखिएको हो ।’ ‘फिल्मको टाइटल ‘लक्ष्मी बम’बाट हिन्दू समूदायको भावनमा ठेस पुग्छ,’ नोटिसमा उल्लेख छ ।

श्री राजपूत करणी सेनाको तर्फबाट वकिल राधवेन्द्र मेहरोत्राले फिल्म मेकरको नाममा नोटिस पठाएका हुन् । कानुनी नोटिसमा फिल्मको मेकरले बिना सर्त माफी माग्न समेत भनिएको छ । नोटिसमा अगाडि उल्लेख गरिएको छ, ‘फिल्मको माध्यमबाट समाजमा हिन्दु धर्मका देवीदेवताको, रितिरिवाजको र भावनाविरुद्ध गलत सन्देश दिइएको छ ।’
यसअगाडि हिन्दु सेना नामक संगठनले पनि फिल्मको नाम परिवर्तन गर्न माग गरेको थियो । 

फिल्म एक व्यक्तिमा आधारित भएर निर्माण भएको छ । जसलाई एक तेस्रोलिङ्गी भूतको छायाले समात्ने गर्दछ । फिल्ममा अक्षयकुमार मुख्य भूमिका रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप