शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘डार्लिङ तिमी बाला’मा पूजा र सन्तोष

बिहीबार, १३ कात्तिक २०७७, १७ : ०१
बिहीबार, १३ कात्तिक २०७७

काठमाडौँ । अभिनेत्री पूजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको तीन भाषा (नेपाली, नेवारी, स्पेनिश¬) फ्युजनमा आधारित गीत ‘डार्लिङ तिमी बाला’ सार्वजनिक भएको छ । गीतमा पनि सन्तोष विक्रमकै स्वर रहेको छ ।

गीतको भिडियो ललितपुरको मङ्गलबजार आसपासमा छायाँकन गरिएको छ । भिडियोलाई फिल्मका सम्पादक शाहिल खानले निर्देशन गरेका हुन् । थुप्रै फिल्मको सम्पादन गरे्का खानको निर्देशनमा यो डेब्यु प्रोजेट हो । गीत राम्रो लागेर भिडियो आफैले निर्देशन गरेको शाहिलले बताए ।

निर्मल विकको शब्द, म्युजिक तथा विजेश्वरको एरेन्जमा समेटिएको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, सुदीप बरालको छायाँंकन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप