शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘उद्यमी टक सिरिज, लेभल ४ समूह निर्माण’मा उद्यमीदेखि कलाकारसम्म

बिहीबार, १३ कात्तिक २०७७, १७ : ११
बिहीबार, १३ कात्तिक २०७७

काठमाडौं । हल्ट प्राइज एट आईओई २०२१ र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा आइतबार ‘उद्यमी टक सिरिज, लेभल ४ समूह निर्माणको आयोजना भएको छ । दसैंलाई लक्षित गर्दै आयोजना गरिएको हल्ट प्राइजमा ‘म्युजिकल इभ’ पनि आयोजना गरिएको थियो ।

इभेन्टमा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, फिनिक्स एरिजोनाका प्रा. स्कट मार्सल ब्राण्डोन, यल्लोस्पार्कका सहसंस्थापक अपर्ना जोशी खण्डवाला, चीनको माइहोमकी मिडिया म्यानेजर जीन्सी क्षु लगायतको विशेष उपस्थितिमा समूहगत छलफल भएको थियो । उनीहरूले आ–आफ्ना अनुभव साट्नुका साथै नयॅा उद्यमशीलताका लागि सहभागीहरुलाई अभिप्रेरित गरेका थिए । 

सो इभेन्टमा मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धर, मिस नेपाल इन्टरनेस्नल २०१६ वर्षा लेखि, मिस नेपाल अर्थ् २०१८ प्रिया सिग्देल र आजकल फेसबुकमा भाइरल बनेको “सेवेन रिजन्स यु सुड नेभर भिजिट् नेपाल”की पर्वक्ता मान्सी अग्रवालहरूको अर्को प्यानल छलफल पनि भएको थियो ।

उक्त कार्यक्रममा सेलिब्रेटी अतिथिको रुपमा गायकहरू शास्वत खड्का, स्मिता दाहाल, सुरजराज खत्री, भेषराज तिमल्सिना तथा कमिडियन आयुष श्रेष्ठ लगायतको विशेष उपस्थिति थियो । 

कार्यक्रममा सहभागीहरूले विभिन्न प्रश्नहरू गरी छलफल गरेका थिए । कार्यक्रममा विशेष  ‘म्युजिकल इभ’को आयोजना पनि गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप