शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाशधाम तिर्थस्थललाई इन्भेष्टर क्लबद्वारा ५० हजार सहयोग

बिहीबार, १३ कात्तिक २०७७, १७ : ४९
बिहीबार, १३ कात्तिक २०७७

लम्की । कैलालीमा निर्माणाधिन कैलाशधाम तिर्थस्थललाई इन्भेष्टर क्लबले रु. ५० हजार आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमका बीच कैलाशधाम तिर्थस्थल निर्माण कमिटीका अध्यक्ष लक्ष्मी राम रिमाललाई हस्तान्तरण गरिएको हो । 

धार्मिक तथा साँस्कृतिक हिसाबले महत्वपूर्ण मानिएको यस निर्माणाधिन तिर्थस्थलमा भक्क्तजनको उपस्थिती एवं सहभागिता आगामी दिनहरुमा उल्लेखनिय रहने विश्वास समितिले लिइएको छ । साथै, मन्दिर निर्माण कमिटीले पनि भक्क्तजन, दाता, सहयोगी मन र विभिन्न संघसंस्थाहरुबाट पनि यस किसिमको धार्मिक कार्यको लागि आर्थिक सहयोगको आउने दिनहरुमा पाइने आशा समेत राखेको छ । 

इन्भेष्टर क्लब एक सामाजिक सञ्जाल फेसबुक ग्रुप हो । जुन ग्रुप शेयर बजारमा ज्ञान भएका व्यक्तित्वहरुको सहभागिता रहेको ग्रुप हो । यस ग्रुपले यस किसिमका सामाजिक उत्तरदायित्वको कार्यसंगै शेयरबजारका बारेमा जानकारी दिने, सुरक्षित लगानी कसरी गर्ने, जोखिम कसरी व्यवस्थापन गर्ने र एक सफल लगानीकर्ता कसरी बन्ने भन्ने बारेमा तालिम गराउने उद्देश्य समेत लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप