बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस हानीकारक छैन भन्ने ‘पपुलिस्ट’हरु खतरनाक : मर्केल

बिहीबार, १३ कात्तिक २०७७, १७ : ५१
बिहीबार, १३ कात्तिक २०७७

कोरोनाभाइरस हानीकारक छैन भन्ने ‘पपुलिस्ट’हरु खतरनाक र गैरजिम्मेवार भएको जर्मनीकी चान्सलर एन्जेला मर्केलले बताएकी छन् । बिहीबार भाइरसको  संक्रमणको फैलावटलाई रोक्न लागू गरिएको लकडाउनको बचाऊ गर्दै उनले सो कुरा बताएकी हुन् ।

‘चिसो मौसममा सुरुवातमा निकै नाटकीय अवस्था छौँ । यसले कसैलाई नछाडी सबैलाई प्रभावित गर्नेछ,’ मार्केलले सामाजिक सम्पर्क रोक्नका लागि थप प्रतिबन्धहरु आवश्यक रहेको जिकिर गरिन् ।

चुनावका लागि एक वर्षमात्र बाँकी छँदा अर्थतन्त्रतलाई थप नोक्सानी हुने भए पनि मर्केलले जर्मनीलाई भाइरसको क्षतिबाट बचाउने लक्ष्य लिएकी छन् । उनले यो महामारीको गम्भीरतालाई प्रश्न गर्ने पपुलिस्टहरुले मानिसहरुको जीवनलाई जोखिममा पारिरहेको पनि आरोप लगाइन् ।

‘झुठ र गलत जानकारी, षड्यन्त्रका सिद्धान्त र घृणाले प्रजातान्त्रिक बहासलाई मात्र क्षति पुर्याउँदैन, यसले भाइरसविरुद्धको लडाइँमा पनि क्षति पुरयाउँछ,’ उनले भनिन् । जर्मनीमा लागू गरिएको थप प्रतिबन्धको सबैभन्दा प्रभावित हुने सेवा क्षेत्रबाट आलोचना भइरहेको छ ।

जर्मनीले पहिलो लहरमा संक्रमण र मृत्यु दरलाई अन्य छिमेकी राष्ट्रको तुलनामा कम गर्न सफल भएकोमा त्यसको प्रशंसा गरिएको थियो । अहिले युरोपमा संक्रमणको दोस्रो चरण देखा परिरहेको छ । बिहीबार जर्मनीमा थप १६ हजार ७७४ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको कूल संख्या ४ लाख ८१ हजार १३ पुगेको छ । बिहीबार थप ८९ जनाले ज्यान गुमाउँदा मृतकको संख्या १० हजार २७२ पुगेको छ ।

‘यो जाडो महिना कठिन हुनेछ –लामो र कठिन चार  महिना, तर यो अन्त्य हुनेछ,’ मर्केलले भनिन् ।

रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप