शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनप्रतिनिधिको चाडबाड खर्च कोरोना कोषमा

बिहीबार, १३ कात्तिक २०७७, १८ : ५७
बिहीबार, १३ कात्तिक २०७७

प्युठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडबाड खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर चाडबाड खर्च गाउँपालिका कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

पालिकाभित्रका २९ जना जनप्रतिनिधिले पाउने रु दुई लाख ६२ हजार गाउँपालिका कोरोना विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता गिरीराज पौडेलले बताए । कोरोना सङ्क्रमण बढीरहेको अवस्थामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम जम्मा गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप