शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, ९० हजारको मृत्यु

बिहीबार, १३ कात्तिक २०७७, १९ : ०२
बिहीबार, १३ कात्तिक २०७७

 मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख  नाघेको छ ।   कोरोना संक्रमणबाट मेक्सिकोमा ९० हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएका छन् ।

 गत २४ घण्टामा कोरोना संक्रमणबाट ४९५ जनाको मृत्यु भएको र पाँच हजार ५९५ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताए । 

 मेक्सिकोमा ९ लाख ६ हजार ८६३ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ९० हजार ३०९ जनाको मृत्यु भएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप