बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोकर्णेश्वरमा हालसम्म एक हजार २५९ जनामा कोरोना

बिहीबार, १३ कात्तिक २०७७, १९ : ०३
बिहीबार, १३ कात्तिक २०७७

गोकर्णेश्वर नगरपालिकामा हालसम्म एक हजार २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये ४४६ पुरुष र ३९७ महिला गरी ८४३ जना निको भएका छन् । नगरपालिकामा नौ पुरुष र आठ महिलाको कोरोनाबाटै निधन भएको नगर प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिए ।

 नगरपालिकामा हाल २१२ पुरुष र १८७ महिला गरी ३९९ सक्रिय सङ्क्रमित छन् । होम आइसोलेसनमा २०३ पुरुष र १७६ महिला गरी ३७९ जना आराम गरिरहेका छन् । अस्पतालको आइसोलेसनमा नौ पुरुष र ११ महिला गरी २० जना छन् ।  कोरोना भएका चार पुरुष र एक महिला गम्भीर उपचारमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा एक हजार ५२८ पुरुष र एक हजार ४०४ महिला गरी दुई हजार ९३२ जनाको पिसिआर परीक्षण गरिएको छ । –––

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप