बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङका कोरोना संक्रमितको पोखरामा मृत्यु

बिहीबार, १३ कात्तिक २०७७, १९ : १२
बिहीबार, १३ कात्तिक २०७७

पोखरा । बागलुङका कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ । उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना अस्पतालमा बेलुका ५ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार गत ८ गते उनमा कोरोना पुष्टि भएको थियो । मृतक बागलुङ गलकोट नगरपालिका ३ निवासी ७२ वर्षीय पुरुष रहेका छन् । 

मृतकमा कोरोना सँगै अन्य दीर्घ रोगसमेत रहेको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत संक्रमितमध्ये मृत्यु हुने उनी २१ औं संक्रमित हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप