शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद बस्नेतका परिवारका सदस्य कोरोनामुक्त

बिहीबार, १३ कात्तिक २०७७, १९ : १३
बिहीबार, १३ कात्तिक २०७७

आमासहित परिवारका आठ जना कोरोनामुक्त भएपछि पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतको घरमा बल्ल आज दसैँको टीकाको चहलपहल देखिएको छ ।

छ महिना अगाडि मुटुको ‘ओपन हार्ट सर्जरी’पछि घरमा आराम गरेकी सङ्घीय सांसद बस्नेतकी ६६ वर्षीया आमासहित परिवारका आठ जना कोरोना सङ्क्रमण भई घरमै आइसोलेसनमा १५ दिनसम्म बसेका थिए ।  बुधबार उनीहरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।   मुटुको शल्यक्रिया गरेकी आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिनमै उनले कोरोनालाई परास्त गरेपछि दसैँको टीका थाप्न पाउँदा खुशी लागेको सांसद बस्नेतले बताए । कोरोनाविरुद्ध लड्न आत्मबल चाहिने उल्लेख गर्दै उनले यसको खोप नआएसम्म दैनिकरुपमा तातोपानी, जिरा, बेसार, अदुवा, तुलसीको पात, गुर्जोजस्ता सामग्री सेवन गर्न सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप