केन्द्रीय संस्करण

दशैंँ मान्न घर आएका अपराधी पक्राउ

person explore access_timeकात्तिक १३, २०७७ chat_bubble_outline0

जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध मुद्दाका एक प्रतिवादीलाई आज पक्राउ गरेको छ । गत वर्ष पुस २२ गते जिल्ला अदालत बागलुङले कैद र जरिवाना सजाय सुनाएका बागलुङ नगरपालिका वडा नं २ का ३४ वर्षीय सन्तोष भनिने एडिसन बस्नेतलाई पक्राउ गरिएको हो । 

अदालतको फैसलापछि उनी फरार थिए । दशैंँ मनाउन घरमा आएका बेला उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । बस्नेतले एक वर्ष १० महिना २१ दिन कैद र रु ७५ हजार जरिवाना भुक्तान गर्न बाँकी छ । उनलाई बिहीबार नै जिल्ला अदालत पेश गरिएको छ । दुई महिनायता अभियान चलाएको प्रहरीले हालसम्म १०८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । बागलुङमा ४८०  प्रतिवादी फरार छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.