केन्द्रीय संस्करण

प्राध्यापक कुटपिटको आरोपमा पक्राउ परेका नेतालाई रिहा गर्न नेविसङ्घको माग

person explore access_timeकात्तिक १३, २०७७ chat_bubble_outline0

नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले कैलालीको अत्तरियामा बुधबार पक्राउ परेका शङ्करदेव क्याम्पस काठमाडौँका विद्यार्थी नेता दीपक ओझालाई रिहा गर्न माग गरेको छ । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न दीपक ओझालाई प्रहरीले पक्रेको हो ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी अकारण पक्राउ गरिएको जनाउँदै यस्तो प्रवृत्तिको निन्दा गरेका छन् । विद्यार्थी सङ्गठनका नेता, कार्यकर्तालाई विनाकरण पक्रने, झुट्टा मुद्दा लगाउने, हिरासतभित्र यातना दिने कार्य भएको पनि नविसङ्घको जिकिर छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले राजनीिितक प्रतिशोधका आधारमा ओझाको पक्राउ गरिएको आरोप लगाए ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.