मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीयलाई नागरिकता दिलाउन नक्कली बुबा खडा, वडाध्यक्ष पक्राउ

शुक्रबार, १४ कात्तिक २०७७, १२ : १४
शुक्रबार, १४ कात्तिक २०७७

काठमाडौँ । प्रहरीले भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस बनाइदिने कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरेको छ ।

अध्यक्ष जोशीमाथि भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेको जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

२० फागुन ०७५ मा धनगढी उपमहानगरपालिका–१२ का हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर सिफारिस बनाइदिएको भेटिएपछि जोशीलाई पक्राउ गरिएको बिष्टले बताए ।

नक्कली बुबा बनेका चौधरी फरार छन् । उनको खोजीकार्य भइरहेको बिष्टले बताए । पक्राउ परेका वडाअध्यक्ष जोहीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप