शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आमिरबिरुद्ध उजुरी, यस्तो छ उनलाई लागेको आरोप

शुक्रबार, १४ कात्तिक २०७७, १५ : ४५
शुक्रबार, १४ कात्तिक २०७७

मुम्बई । बलिउड अभिनेता आमिर खान पछिल्लो समय फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङका कारणले चर्चामा छाएका छन् । गत बुधबार आमिर फिल्मको सुटिङका लागि गाजियाबाद पुगेका थिए । यसै कुरालाई लिएर आमिरको बिरुद्ध अहिले उजुरी दर्ता गरिएको छ । लोनीका एक विधायकले लकडाउनको नियम उलङ्घन गरेको भन्दै आमिरबिरुद्ध उजुरी दर्ता गरेका हुन् ।

यतिबेला आमिरको उक्त सुटिङ सेटको एक तस्बिर समेत भाइरल भइरहेको छ । जसमा आमिर बिना मास्कमा देखिएका छन् । यही कुरालाई लिएर विधायक नन्दकिशोर गुर्जरले प्रहरीमा आमिरबिरुद्ध लकडाउन नियम उलङ्घन गरेको भन्दै उजुरी दर्ता गराएका छन् ।

उनले उजुरीमा लेखेका छन् ‘आमिर खान आफ्नो टिमको साथ लोनी आएका थिए । यो क्रममा उनले मास्क लगाएको थिएनन् । धेरै भिडभाडमा उनले सामाजिक दुरीको पनि पालन गरेनन् ।’ नन्दकिशोरले आमिरको बिरुद्ध कोरोना महामारीको नियम उल्लङ्घन गरेको आरोपमा मुद्दा समेत दर्ता गर्न माग गरेका छन् ।

आमिर बुधबार ट्रानिका सिटीस्थित रुपाको एक कम्पनीमा फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङका लागि पुगेका थिए । त्यहाँ आधा घन्टा रहेका उनी सुटिङ सकिएपछि फर्किएका थिए । आमिर त्यहाँ पुग्दा त्यस क्षेत्रमा मानिसहरुको भिड लागेको थियो ।

फिल्म ‘लाल सिंह चड्ढा’लाई अद्धेत चन्दनले निर्देशन गरिरहेका छन् । फिल्ममा आमिर खानको अलवा करिना कपुरको पनि मुख्य भुमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप