बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्याग्दीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाईते

शुक्रबार, १४ कात्तिक २०७७, १५ : ५१
शुक्रबार, १४ कात्तिक २०७७

पोखरा । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परि ११ जना घाइते भएका छन् ।

म्याग्दीको बेनी नगरपालिका ८ जलेश्वरस्थित ठाडाखानीबाट बेनीतर्फ आउदै गरेको ग १ ख ८९६ नम्बरको बोलेरो दुर्घटना हुँदा १० वर्षीया रिया विकको ज्यान गएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेश प्रहरी नायब उपरिक्षक रोजेन्द्रबाबू रेग्मीका अनुसार अन्नपूर्ण गाउँपालिका २ भुजुङकी १० वर्षीया बालिका रियाको उपचारको क्रममा बेनी अस्पतालमा ज्यान गएको हो ।

जिप बाटोबाट अन्दाजी १०० मिटर तल कालीगण्डकी नदीमा खस्न पुगेको थियो । दुर्घटनामा परि घाईते सबैलाई तत्काल उद्दार गरि उपचारको लागि तत्काल बेनी अस्पताल पठाइएको प्रहरी नायब उपरिक्षक रेग्मीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप