शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सकसमा अमेरिका – कोरोनाबाट प्रत्येक सेकेन्डमा एकजना संक्रमित

शुक्रबार, १४ कात्तिक २०७७, १६ : ०४
शुक्रबार, १४ कात्तिक २०७७

संसारमा कोरोना संक्रमितको संख्या ४ करोड ५३ लाखभन्दा धेरै पुगेको छ । ३ करोड २९ लाख ८५ हजार ५ सय ६१ जना निको भइसकेका छ । वल्र्डोमिटर्स डट इन्फोका अनुसार अहिलेसम्म ११ लाख ८५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

त्यस्तै, जोन हप्किन्स विश्वविद्यालयका अनुसार महामारी सुरु भएयता अमेरिकामा पहिलोपटक एकै दिन ९० हजारभन्दा धेरै नयाँ संक्रमितको पहिचान भएको छ । न्युर्योक टाइम्सका अनुसार अमेरिकामा हरेक सेकेन्डमा एक व्यक्ति संक्रमित भइरहेका छन् ।  ५० राज्यमध्ये ४८ राज्यमा दिनहुँ संक्रमित संख्या बढिरहेको छ ।

अर्कोतर्फ, ताइवानले कोरोना नियन्त्रणमा ठूलो सफलता हासिल गरेको छ । यहाँ गत १२ अप्रिल अर्थात विगत २ सय दिनदेखि स्थानीयस्तरमा नयाँ संक्रमण देखिएको छैन ।

सकसमा अमेरिका

शुक्रबार बिहान जोन हप्किन्सले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकामा बिहीबार संक्रमणका ९० हजारभन्दा धेरै घटना देखिए । महामारी सुरु भएयता अमेरिकामा एकैदिन यति धेरै संक्रमित भेटिएको यो पहिलोपटक हो । अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार ६ सय २६ पुगिसकेको छ । संक्रमणका सर्वाधिक घटना र सर्वाधिक धेरै मृत्युका घटना अमेरिकामै देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परीक्षण धेरै भएका कारण संक्रमितको संख्या पनि धेरै देखिएको दाबी गर्छन् ।

रुसमा दोस्रो लहर खतरनाक

रुसमा बिहीबार संक्रमणका झन्डै १८ हजार नयाँ घटना बाहिर आए । यही दिन ३ सय ६६ जनाको मृत्यु भयो । यसपछि स्वास्थ विभागले देशका सबै अस्पताल र मेडिकल केयर सेन्टरलाई तयार अवस्थामा रहन भनेको छ । स्वास्थ मन्त्रालयले भनेको छ,‘बढ्दो जाडोका कारण संक्रमण अझै तेजसँग फैलनसक्छ र यसैलाई मध्यनजर गरेर हामीले तयारी गरेका छौं ।’ रुसमा महामारी सुरु भएयता १५ लाख ८१ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । त्यसमध्ये ११ लाख ८६ हजारभन्दा धेरै निको पनि भइसकेका छन् । तर, दोस्रो लहर पहिलेभन्दा निकै खतरनाक देखिएको छ, सक्रिय संक्रमितको संख्या बढ्दो छ ।

युरोपेली देशबीच सहकार्य हुँदै

युरोपेली देशहरुमा एक देशका बिरामीलाई दोस्रो देशका अस्पतालमा लैजान सक्नेगरी सहकार्य गर्ने कोसिस हुँदैछ । यसका लागि स्पेशल फन्ड ट्रान्सफर स्किम पनि बनाइएको छ । यसबारे युरोपेली देशहरुले एक सम्झौता गरेका छन् । फ्रान्स, जर्मनी र स्पेनमा संक्रमणका घटना तिव्र रुपमा बढेकाले यहाँका सरकार तयारी अवस्थामा बसेका छन् ।

बिरामीहरुको स्थानान्तरण गर्नु युरोपेली देशहरुमा कठिन कार्य पनि होइन किनकी धेरैजसो देश साना छन् र उनीहरुबीचको सिमा खुला छ । धेरैजसो देश एकअर्कासँग सहज रुपमा सडकमार्गबाट जोडिन्छन् । युरोपेली युनियन कमिशनका प्रमुख भोन डेर लेनले भनेका छन्, ‘भाइरस तेजसँग बढिरहेको छ र यसलाई नियन्त्रणमा लिनका लागि सहकार्य जरुरी छ । स्वास्थ प्रणालीले पहिलेजसरी नै काम गरोस् भनेर सुनिश्चित गर्ने हाम्रो कोसिस छ ।’

अमेरिकामा एकै हप्ता ५६ सयको मृत्यु

अमेरिकाको राष्ट्रपति चुनाव संघारमै छ । यति नै बेला यहाँ कोरोनाको संक्रमण तिव्र फैलिएको छ । एकै हप्ता पाँच लाखभन्दा धेरै संक्रमित भेटिएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार  यसक्रममा ५६ सयभन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित राज्य इलिनोइज हो । यस राज्यमा ३१ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । पेन्सिलभेनिया र विस्कन्सिनमा पनि संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको छ । विस्कन्सिनका स्वास्थ इन्चार्ज आन्द्रे पामले भनेका छन्, ‘हामी चाहन्छौं कि चुनावका लागि मतदानका दौरान कोरोनाले समस्या सिर्जना नगरोस् । यसका लागि आवश्यक प्रबन्ध गरिएको छ ।’

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप