शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमणबाट दुई वृद्धको  मृत्यु

शुक्रबार, १४ कात्तिक २०७७, १६ : १३
शुक्रबार, १४ कात्तिक २०७७

 

चितवन मेडिकल कलेजमा उपचाररत  कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका  छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो ।

अस्पतालको कोभिड सघन उपचार  कक्षमा उपचारको क्रममा  आज बिहान ६:५४मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिए ।

यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको  कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए । ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीबार राति ११:४७ बजे मृत्यु भएको डा अधिकारीले जानकारी दिए  । उनको  स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप