बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया चाँडै : मन्त्री भट्ट

शुक्रबार, १४ कात्तिक २०७७, २१ : १३
शुक्रबार, १४ कात्तिक २०७७

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढाइने बताएका छन् । शुक्रबार गोदावरी नगरपालिका–१ स्थित निवासमा प्रेस सङ्गठन नेपालसँग आवद्ध पत्रकारसँगको कुराकानीमा उनले  सरकारले प्राथमिकताका साथ बन्दरगाह निर्माणको कामलाई चाँडै अगाडि बढाउने बताएका हुन् ।

सुक्खा बन्दगाहका लागि मन्त्रालयको प्राविधिक टोलीले यही कात्तिक १६ गतेदेखि काम शुरु गर्ने जनाउँदै उनले दैजीमा औद्योगिक क्षेत्र शिलान्यासको तयारी भइरहेको बताए । मन्त्री भट्टले कैलालीको हरैयामा बिषेश आर्थिक क्षेत्र, गोदावरी नदीको पश्चिम क्षेत्रमा औद्योगिक करिडोर र लम्की चुहा नगरपालिकाको डुडेझारीमा औद्योगिक क्षेत्र निर्माणको तयारीका लागि पनि अध्ययन शुरु गरिएको जानकारी दिए ।

बैतडीमा फलाम खानी, दिपायल–खुटिया मार्ग, कैलालीको चौकीडाँडा–फल्टुडे पक्की सडक निर्माणको कार्य अघि बढाइने उनको भनाइ छ । मन्त्री भट्टले गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमको पहिलो मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिनुपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप