शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा कारको ठक्करबाट महिलाको मृत्यु

शुक्रबार, १४ कात्तिक २०७७, २१ : १५
शुक्रबार, १४ कात्तिक २०७७

चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ३१७७ नम्बरको कारले बाटो काट्दै गरेकी दराईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा साँझ ५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप