केन्द्रीय संस्करण

मदन भण्डारी फाउण्डेशनको क्षेत्रीय समिति गठन

person explore access_timeकात्तिक १४, २०७७ chat_bubble_outline0

 

मदन भण्डारी फाउण्डेशनको चितवन क्षेत्र नं. १ को क्षेत्रीय समिति आज गठन भएको छ । गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र यादवप्रसाद पाठकको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार एवम् अखिल नेपाल महिला संघ (अनेमसंघ) का केन्द्रीय सहसंयोजक सीता पौडेलले नवगठिन समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई सपथ गराएकी थिइन् ।  नेत्री पौडेलले सरकारले गरेका राम्रा कामलाई जनसमक्ष पु¥याउनुपर्नेमा जोड दिँदै पार्टीका गतिविधि सुस्त भइरहेको बेला फाउण्डेशन जनतासमक्ष पुग्नुपर्ने बताइन् ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया, बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति  दिलकुमारी (पार्वती) रावल थापालगायतले समितिलाई शुभकामना दिएका थिए ।

 फाउण्डेशनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराईले पूर्वी चितवनका राप्ती र खैरहनी नगर समिति यस अघि नै गठन भइसकेको जानकारी दिंदै जिल्लाका अन्य पालिका र क्षेत्रमा पनि छिट्टै गठन गर्ने तयारी भएको जानकारी दिए ।

तत्कालीन नेकपा (एमाले) का महासचिव एवं जननेता मदनकुमार भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनाबाट निधन भएपछि उनको स्मृतिमा फाउण्डेशनको स्थापना भएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.