बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दरता बढाउन र प्राकृतिक ‘ग्लो’ का लागि घरमै बनाउनुस् यस्ता ‘फेस मास्क’

शनिबार, १५ कात्तिक २०७७, ०९ : ४६
शनिबार, १५ कात्तिक २०७७

एजेन्सी – अनुहारमा मास्क लगाउने परम्परा लामो समयदेखि रहँदै आएको छ । निकै वर्ष पहिले पनि महिलाहरु आफ्ना सुन्दरता बढाउनका लागि र छालामा डिटोक्स गर्नका लागि ‘लेप’ लगाउने गर्थे । छालामा प्राकृतिक सुन्दरता बढाउनका लागि भान्सामा पाइने विभिन्न प्राकृतिक औषधिहरु प्रयोग गर्नुपर्छ । 

हप्तामा एक पटक ‘फेस मास्क’
कुनै एक सही प्रकारको फेस मास्क नियमित रुपमा हप्तामा एकपटक लगाउँदा अनुहारमा फोहोर, मुसाहरु, ब्ल्याक हेड्स जस्ता चिजहरु बाहिर निस्किन्छन् र अनुहार सफा हुन्छ । यसका साथै अनुहारमा एलर्जी र दागधब्बा पनि हराउँछ । अनुहारमा मास्क लगाएर १० देखि १५ मिनेटसम्म राख्नुहोस् जसको कारण एक्टिभ इन्ग्रिडिएन्ट स्किन लेयरमार्फत अनुहारको छालाभित्र जान्छ । र अनुहारको छालाको समस्या कम हुँदै हुन्छ । ग्लोइङ र जवान देखिनका लागि हप्तामा एक पटक मास्क लगाउन आवश्यक हुन्छ । 
कसरी बनाउने मास्क ?
घरमा ‘फेस मास्क’ बनाउनका लागि भान्साको सामाग्री प्रयोग गर्न सकिन्छ । जस्तै, सागसब्जी, फलफूल प्रयोग गर्न सकिन्छ । फेस मास्क बनाउनका लागि फ्लोरल पानीको प्रयोग गर्न सकिन्छ । 

‘ड्राई स्किन’का लागि ‘फेस मास्क’
अण्डा र गौँको पिठो

यसको मास्क बनाउनका लागि १ ठूलो चम्चा गौँको पिठो, १ अण्डाको सेतो भाग, एक चम्चा बदामको तेल, आधा चम्चा गाजरको तेल, २ चम्चा भाङको पानी र १ थोपा गुलाबको तेल मिसाएर अनुहारमा लगाउने गर्नुपर्छ । 

केरा र मह
पाकेको आधा कोसा केरा र आधा चम्चा मह मिसाएर प्याक बनाउने र आफ्नो अनुहार र गर्दनमा लगाएर १० मिनेटपछि मनतातो पानीले पखाल्ने गर्दा अनुहार निकै राम्रो हुन्छ । 

चिल्लो छालाका लागि
नीम र तुलसी मास्क 

सुकेको नीमको पाउडर, आधा चम्चा तुलसीको पात, एक चम्चा साइडर भिनेगर, एक चम्चा लेभेन्डर वाटर, २ वा ३ थोपा टीट्री एन्शेसियल तेल र २ वा ३ थोपा लेभेन्डर एन्शेसियल तेल मिसाएर अनुहारमा लगाउँदा चिल्लो र अनुहारमा दाग भएको छालाका लागि बरदान स्वरुप हुन्छ । 

तैलीय छालाका लागि यस्तो मास्क बरदान जस्तै हुन्छ । यसमा एन्टी ब्याक्टेरियल गुण हुन्छ । जसले छालालाई डिटोक्स गराउँछ र सीबम कम गर्न मद्दत गर्छ । कलौँजीसँग घिउकुमारीको जेल पनि लगाउन सकिन्छ । यसले डन्डीफोरको दाग हटाउँछ । यसका साथै, सनबर्न र डार्क स्पट पनि कम गर्छ । 

यसको मास्क बनाउनका लागि १ चम्चा कलौँजी पाउडर, १ चम्चा घिउकुमारी जेल, आधा चम्चा दूध, आधा चम्चा कागतीको रस मिलाएर पेस्ट बनाउने र घाँटी र गर्दनमा लगाएर १० देखि १२ मिनेटपछि मनतातो पानीले पखाल्ने । यसले छालालाई सीबम गर्ने र छालाको प्वालहरु पुर्ने काम गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप