शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मौसमी फ्लूका बिरामीलाई उच्च सतर्कता अपनाउन आग्रह, कस्तो अवस्थामा अस्पताल जाने ?

आइतबार, १६ कात्तिक २०७७, १४ : ३८
आइतबार, १६ कात्तिक २०७७

चिकित्सकहरुले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसीयू बेडहरु कोभिडका बिरामीले भरिएको चिकित्सकहरुको भनाइ छ । मौसम परिवर्तन सँगै मौसमी फ्लूका लक्षणहरु देखिएका व्यक्तिहरुले घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमले बताइन् । 

अस्पतालहरुमा आइसियु बेड खाली नभएको, अक्सिजन उपकरणहरु अपुग रहेकाले संक्रमितहरु अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले सतर्क रहन उनले आग्रह गरिन् । डा. गौतमले उच्च स्वास्थ्य सुरक्षा अपनाएर घरमै सुरक्षित बस्न सबैलाई आग्रह गरिन् । डा. गौतमले मौसमी फ्लू र अन्य फ्लूको लक्षणहरु उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने भएकाले आफैले सतर्कता अपनाउनुपर्ने बताइन् । 

सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुुख्ने र घाँटी दुःख्ने समस्या सामान्य फ्लू भएकाले डराउनुपर्ने अवस्था नभएको उनले बताइन् । सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाह अनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता दशदिन भित्रमा मौसमी फ्लू निको हुने उनले बताइन् ।  सामान्य रुघाखोकी लाग्दैमा हतार हतार अस्पताल आएर अस्पतालबाट आफूलाई नभएको फ्लू समेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उनले आग्रह गरिन् । मौसमी फ्लूका लक्षण देखिएपनि स्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरे ज्वरो आउने जस्ता समस्या देखिएमा अस्पताल आउन पनि उनले आग्रह गरिन् । 
नेपालमा लक डाउन सुरु भएको सुरुवाती चरणमा सरकार र नागरिक स्तरबाट कडाइका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भएपनि अहिलेको अवस्थामा त्यसो हुन नसकेको उनले बताइन् । 
रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरुले केही हप्तामा कोरोना जितेपनि दिर्घरोगी, बालक तथा वृद्धवृद्धाहरुको ज्यान समेत जाने घटनाहरु बढीरहेको उल्लेख गर्दै उनले कोरोनालाई हल्का रुपमा नलिन पनि आग्रह गरिन् ।

अहिलेको अवस्थामा जटिल खालका विरामीहरु बढ्दै गएकोप्रति उनले चिन्ता समेत व्यक्त गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप