शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पार्टीकै निर्णयलाई सरकारले शत प्रतिशत लागू गर्नुपर्छ भन्ने हो भने अहिलेको संविधान काम लाग्दैन’

कुनै पनि अन्तरविरोधले पार्टी फुट्दैन : रघुवीर महासेठ, स्थायी कमिटी सदस्य, नेकपा
सोमबार, १७ कात्तिक २०७७, १४ : २३
सोमबार, १७ कात्तिक २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद छताछुल्ल भइरहेको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डबीच पछिल्लो समय शक्ति संघर्ष चर्किएको यसले गर्दा पार्टी विभाजन पो हुने हो कि भन्ने चिन्ता कार्यकर्तापंक्तिमा व्याप्त

पूर्वमन्त्री एवम् नेकपाका स्थायी कमिटी सदस्य रघुवीर महासेठ पार्टीभित्रका कुनै पनि अन्तरविरोधले पार्टी विभाजन गराउन नसक्ने दावी गर्दछन् ओली निकट मानिएका महासेठले सरकार सञ्चालन पार्टी सञ्चालनमा केही कमी कमजोरी रहेको स्वीकार गर्दै तिनलाई दुवै अध्यक्षबीचको छलफलबाटै समाधान गर्न सकिने विश्वास व्यक्त गरे प्रस्तुत , रातोपाटीले नेकपाभित्र देखिएको विवाद, त्यसको असर समाधानमा केन्द्रित रहेर नेता महासेठसँग गरेको कुराकानी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र लामो समयदेखि समूहगत विवाद, शक्ति संघर्ष हुँदै आएको , यसको जडचाहिँ के होला ? किन बारम्बार यसरी विवाद चर्किरहेको होला ?

विवादको जड त जगजाहेर नै छ । तर मिडिया वा सामाजिक सञ्जालमा आएजसरी नै पार्टी फुट्ने अवस्थामा पुगेको भने होइन । दुईवटा ठुला पार्टी एक ठाउँमा आएका छन्, पार्टी एकतासँगै स्वाभाविक रुपमा विभिन्न महत्वाकांक्षा पनि होलान् । आ–आफ्नो पार्टीगत, नीतिगत र वैचारिक भिन्नताका बाबजुद पार्टी एकता भएको थियो । एक ठाउँमा आइसकेपछि कहीँ न कहीँ केही चुक भयो कि !

हाम्रो पार्टीमा दुई अध्यक्ष हुनुहुन्छ । एउटा अध्यक्षले सरकार चलाइरहनु भएको छ र अर्को अध्यक्षले पार्टी चलाइरहनु भएको छ । उहाँहरुबीच पनि व्यक्तिगत कुरा नमिलेको हुन सक्छ । प्रधानमन्त्रीले भनेको कुरा पार्टीमा लागू नभएको हुन सक्छ भने कार्यकारी अध्यक्षले भनेको कुरा सरकारमा नभएको हुन सक्छ । यस्ता कुरालाई विवादका रुपमा भन्दा पनि पार्टीभित्रका सानोतिनो अन्तरविरोधका रुपमा मैले लिएको छु । त्यसलाई पार्टी नै फुट्ने विवादका रुपमा मैले लिएको छैन ।

जहाँसम्म विवादको जडको कुरा छ, यहाँ विचारकै भिन्नता छ । पूर्व एमालेको ‘जनताको बहुदलीय जनवाद’ थियो । त्यस्तै पूर्वमाओवादीको ‘२१ औं शताब्दीको जनवाद’ थियो । त्यसले गर्दा वैचारिक लडाईकै परिणामस्वरुप यस्तो विवाद भइरहेको पनि हुन सक्छ । तर यो विवादलाई महाधिवेशनबाट समाधान गर्न नसकिने होइन ।

तपाईंले भनेजस्तो सहमति कार्यान्वयन लगायतमा केही कमीकमजोरी भएका छन् । ती कमी कमजोरीलाई सच्याउँदै गत भदौ २६ गतेको स्थायी कमिटीले निर्णय गरिसकेको छ । ढिलोचाँडो दुवै अध्यक्ष एक ठाउँमा आउनुहुन्छ, वैचारिक कुराहरु पनि महाधिवेशनमा गएर केलाउने गरी आपसमा सहमति हुनेछ । अहिले मिडिया तथा सामाजिक सञ्जालमा आएका कुराहरु बढीमात्रामा ‘प्रोपोगान्डा’ का रुपमा आएका हुन् भन्ने मलाई लाग्छ ।

त्यसका लागि पटकपटक सहमतिहरु पनि भएकै छन् नि, ती सहमतिले पनि विवाद अन्त्य गर्न सकेन, होइन ?

हो, दुई अध्यक्षबीच पटक–पटक सहमति भएका छन् । सुरुमा आधा–आधा कार्यकाल सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने भन्ने कुरा आयो । त्यसलाई गत मंसिर ४ गतेको सचिवालय बैठकको निर्णयले परिमार्जन गरेको थियो ।

अर्को कुरा, अहिले हाम्रा दुई अध्यक्षलाई मिल्न नदिन पार्टीभित्र र बाहिरका केही समूह लागेका छन् । दुई अध्यक्षको बीचमा कुनै पनि हालतमा अन्तरविरोध गराउने अभियानमा जसरी देशी–विदेशी शक्तिहरु लागेका छन्, यसलाई हामीले राम्रो संकेतका रुपमा लिएका छैनौँ । दुवै अध्यक्ष आन्दोलनबाटै खारिएर आउनुभएका कारण व्यक्तिगत रुपमा मलाई विश्वास छ, व्यक्तिगत स्वार्थलाई बिर्सिएर उहाँहरुले जुन उद्देश्यका लागि पार्टी एकता भएको थियो, त्यसअनुसार उहाँहरु अघि बढ्नुहुनेछ ।

तपाईंले भनेजस्तो सहमति कार्यान्वयन लगायतमा केही कमीकमजोरी भएका छन् । ती कमी कमजोरीलाई सच्याउँदै गत भदौ २६ गतेको स्थायी कमिटीले निर्णय गरिसकेको छ । ढिलोचाँडो दुवै अध्यक्ष एक ठाउँमा आउनुहुन्छ, वैचारिक कुराहरु पनि महाधिवेशनमा गएर केलाउने गरी आपसमा सहमति हुनेछ । अहिले मिडिया तथा सामाजिक सञ्जालमा आएका कुराहरु बढीमात्रामा ‘प्रोपोगान्डा’ का रुपमा आएका हुन् भन्ने मलाई लाग्छ ।

फेरि पनि सहमति कै कुरा आयो, पालना नै हुँदैनन् भने त्यस्ता सहमतिले पार्टी एकता जोगाउला ?

– यदि सहमति पालना भएका छैनन् भने हुनुपर्छ । पार्टीको जुन निर्णय छ, त्यो लागू हुनैपर्छ, यद्यपि त्यो भएको पनि छ । तर कहिलेकाहीँ सरकार चलाउँदै जाँदा पार्टीले गरेको निर्णय शत प्रतिशत लागू गर्न सकिन्छ वा हुनैपर्छ भन्ने अर्थमा हेर्नु हुँदैन, केही समस्या पनि आउन सक्छन् । यस्तो परिस्थितिलाई पनि हाम्रा वरिष्ठ नेताहरुले विचार गर्नुपर्ने हो ।

पार्टीको निर्णयअनुसार सरकार अघि बढ्नुपर्छ । तर कहिलेकाहीँ केही समस्या उत्पन्न हुन्छन् जसले गर्दा अक्षरसः पार्टीको निर्णय कार्यान्वयन गर्न सकिँदैन । यस्तो बेलामा प्रधानमन्त्रीले आफ्नो विशेषाधिकार प्रयोग गर्ने परम्परा छ । प्रधानमन्त्रीको त्यो विशेषाधिकारमा पार्टीले धेरै अंकुश लगाउनु पनि ठिक होइन । पार्टीको निर्णय पालना भएन भन्ने गुनासो छ, हुन सक्छ कुनै निर्णय पालना नभएको होला । सरकारले पार्टीका निर्णयहरु सम्भव भएसम्म पालना गर्नुपर्छ । दुवै अध्यक्ष बसेर आपसी सल्लाहमा यस्ता कुराहरु मिलाउनु पर्छ । कार्यान्वयन हुन नसक्ने कुरा छन् भने पनि आपसमा बसेर कुरा प्रस्ट पार्नुपर्छ । आफ्ना समस्यालाई उहाँहरुले आपसमा राख्नुपर्छ । सरकार चलाउँदा के अप्ठ्यारो हुन्छ भन्ने कुरा प्रधानमन्त्रीले अर्को अध्यक्षसमक्ष राख्ने र अर्को अध्यक्षले पनि पार्टीका कुराहरुलाई त्यसरी नै राख्ने । तर एउटा कुरा के पक्का छ भने पार्टीकै निर्णयलाई सरकारले शत प्रतिशत लागू गर्नुपर्छ भन्ने हो भने अहिलेको संविधान काम लाग्दैन ।

र्को पक्ष भनेको हामीले हाम्रो पार्टीमा यति धेरै स्वतन्त्रता दिएका छौँ कि जसले जे गर्दा पनि हुने, जे बोल्दा पनि हुने । हामी आफूलाई कम्युनिस्ट त भन्छौँ तर कम्युनिस्टअनुसार कति चलेका छौँ भन्ने पनि जगजाहेर भइसकेको छ । त्यसैले तपाईंले भनेको कुरा ठिकै हो । यस्ता सानातिना कुरालाई गौण बनाएर जान सकिन्थ्यो ।

पार्टीभित्र प्रत्यक्ष दुईवटा समूह देखिएको , दुवै समूहको साझा चिन्ता भनेकै पार्टीको भविष्य, कार्यकर्ताहरुको आकांक्षा, जनताका आवश्यकतामा केन्द्रित हुने हो भने अहिले देखिएका विवादका विषय आफैमा गौण हुनुपर्ने होइन ?

स्वाभाविक रुपमा हो । तपाईंले भनेको कुरा सही हो । तर अर्को पक्ष भनेको हामीले हाम्रो पार्टीमा यति धेरै स्वतन्त्रता दिएका छौँ कि जसले जे गर्दा पनि हुने, जे बोल्दा पनि हुने । हामी आफूलाई कम्युनिस्ट त भन्छौँ तर कम्युनिस्टअनुसार कति चलेका छौँ भन्ने पनि जगजाहेर भइसकेको छ । त्यसैले तपाईंले भनेको कुरा ठिकै हो । यस्ता सानातिना कुरालाई गौण बनाएर जान सकिन्थ्यो ।

यत्रो बहुमत हुँदा पनि सरकारले काम गर्न सकेन भने आगामी चुनावमा जनतामाझ के भनेर जाने भन्ने चिन्ता हुनुपर्ने होइन ?

हो, यो सरकारले पनि केही गर्न सकेन भने अर्को चुनावमा हाम्रो दुर्गति हुन्छ । यति ठुलो पार्टीका जो वरिष्ठ नेताहरु हुनुहुन्छ, उहाँहरु आ–आफनै दिशातिर फर्किनुभएको छ । दुवै अध्यक्षले आपसमा विवाद मिलाउनेमात्र होइन, अन्य वरिष्ठ नेताहरुलाई पनि साथमा लिएर पार्टीलाई एकजुट बनाउनुपर्छ । यसमा प्रधानमन्त्रीले नै विशेष पहल गर्नुपर्छ । यसतर्फ ध्यान नपुगेकै कारण यस्ता सानातिना अन्तरविरोध आएको हो ।

पार्टी एकता कायम रहन्छ भन्ने विश्वासिलो आधार तपाईंले आफ्नो पार्टीका कार्यकर्ताहरुलाई दिन सक्नुहुन्छ ?

नेपालको कम्युनिस्ट इतिहास हेर्ने हो भने विगतमा पार्टी फुट्दै फुट्दै पचासौँ पार्टी बने । अहिलेको सन्दर्भमा नेपालमा आधिकारिक रुपमा एउटै कम्युनिस्ट पार्टी छ । म दावाका साथ भन्न सक्छु, कुनै पनि अन्तरविरोधले अब पार्टी फुट्दैन । अघि पनि मैले भनेँ, दुवै अध्यक्ष आन्दोलनबाट खारिएर आउनुभएको छ, उहाँहरुकै कारण पार्टी फुट्यो भने कार्यकर्ताले उहाँहरुलाई क्षमा गर्ने छैनन् । अहिलेको जस्तो अवस्था त यो पार्टीले कयौँ पटक पार गरिसकेको छ । बरु विगतमा अहिलेको भन्दा जटिल समस्या थियो, अहिले त खास समस्या नै मैले देखेको छैन । अहिले न सैद्धान्तिक विवाद छ, न वैचारिक विवाद छ । सैद्धान्तिक र वैचारिक विवाद नै छैन भने त्यहाँ अलिकति व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भएमा त्यसलाई इतिहासमा कसैले पनि बिर्सन सक्दैन र क्षमा पनि गर्दैन । त्यस्तो इतिहास नबनोस् भनेर लाखौँ कार्यकर्ताको दबाब छ । व्यक्तिगत रुपमा म पनि ढुक्क छु कि यो पार्टी कुनै पनि हालतमा फुट्दैन ।

पार्टीमा दुई अध्यक्षात्मक प्रणालीको अभ्यास भएसँगै दुई अध्यक्षमै तमाम अधिकार थोपरिएको तपाईंहरुजस्ता नेता कै सुझाव आकांक्षा पार्टीमा कति सम्बोधन होला भन्ने प्रश्न पनि नउठेको होइन पार्टीमा सामुहिक नेतृत्वको अभ्यास भइदिएको भएचाहिँ यस्ता समस्याहरु हुर्कन पाउँदैनथिए कि, होइन ?

त्यो पनि हो । पार्टीमा जुनखालको सामुहिक नेतृत्वको विकास हुनुपर्ने थियो, हाम्रो पार्टीमा त्यो विकास हुन सकेन । सामुहिक नेतृत्व विकास हुने क्रम सुरुवात भइसकेको थियो । ०७४ सालको चुनावपछि त्यसखालको अभ्यासको विकास हुन थालेको थियो । अहिले कोरोनाको महामारी, देशको आफ्नै परिस्थितिले गर्दा बैठकहरु नियमित हुन सकिरहेको छैन । समय समयमा बैठक भएर पार्टीभित्रका समस्या, सरकारभित्रका समस्याबारे छलफल भएको भए धेरै कुराहरु मिलिसकेको हुने थियो । यद्यपि दुई अध्यक्ष बसेर फेरि पनि यो समस्यालाई समाधान गर्नुहुनेछ । उहाँहरुको कारण पार्टी विभाजन हुन्छजस्तो मलाईचाहिँ लाग्दैन ।

जुन प्रकारले हामीले चुनावमा घोषणापत्र बनाएका थियौँ, त्यसअनुसार काम नभएका पनि होइनन् । धेरै काम भएका छन् । तर जति काम हुनुपर्ने थियो, विविध कारणले हुन सकेन । सरकार सञ्चालनमा केही त्रुटि देखिएकै हो । पार्टीका वरिष्ठ नेताहरुलाई आफ्ना मान्छे सरकारमा पु-याउनैपर्ने भइदियो । सबैलाई भागवण्डा चाहिने ।

तत्कालीन एमाले र माओवादीबीचको गठबन्धनले ०७४ सालको निर्वाचनमा व्यापक जनमत पायो । त्यस यता पार्टी एकता पनि भयो । त्यो व्यापक जनमतको आकांक्षा सम्बोधन गर्ने वा त्यस पार्टीको एउटा सदस्यका रुपमा तपाईंलाई पनि गर्व लाग्नेखालको कामचाहिँ यसबीचमा के भएको छजस्तो लाग्छ ?

पार्टी एकता हुनुअघि जुन मोर्चा भन्यो, त्यो मोर्चाकै कारणले आज हामी यो ठाउँमा आइपुगेका छौँ । मोर्चा बनिसकेपछि जनतालाई के विश्वास भयो भने देशका दुई ठुला पार्टी एक हुँदैछन् । त्यसअनुसार पार्टी एक भयो पनि । करिब करिब दुई तिहाईको सरकार पनि बन्यो ।

जुन प्रकारले हामीले चुनावमा घोषणापत्र बनाएका थियौँ, त्यसअनुसार काम नभएका पनि होइनन् । धेरै काम भएका छन् । तर जति काम हुनुपर्ने थियो, विविध कारणले हुन सकेन । सरकार सञ्चालनमा केही त्रुटि देखिएकै हो । पार्टीका वरिष्ठ नेताहरुलाई आफ्ना मान्छे सरकारमा पु-याउनैपर्ने भइदियो । सबैलाई भागवण्डा चाहिने ।

वास्तवमा सरकारमा त काम गर्न सक्नेलाई पठाउनुपर्ने हो । तर भागवण्डाका आधारमा मान्छे पठाउँदा राम्रा मान्छे छुटे । त्यसले गर्दा सरकारले जति काम गर्न सक्नुपर्ने थियो, त्योचाहिँ भएन । कतिपय समक्ष मान्छेहरु बाहिर बसे, कतिपय असक्षम मान्छे पनि मन्त्रीमण्डलमा गए ।

मैले दुवै अध्यक्षलाई पटक पटक भेट्दा भन्ने गरेको छु कि, तपाईंहरु व्यक्तिगत स्वार्थका कुरा छोड्नुस् । जनताको बीचमा पार्टीलाई कसरी स्थापित गर्ने हो भन्ने दिशामा केन्द्रित हुनुस्, समयमा महाधिवेशन सकौँ । त्यसपछि आउने नेतृत्व आफ्नो प्रकारले अघि बढोस् । तर अहिले विधान पनि लागू भएको छैन, कार्यक्रम पनि लागू भएको छैन । केही पनि भएकै छैन, त्यो ध्रुवसत्य हो ।

नेपालको कम्युनिस्ट आन्दोलनले अहिले लिएको दिशा त्यसको गति सही नै हो भन्ने लाग्छ तपाईंलाई ?

सही मार्गमै छ तर कता कता बाटो छाडेर छेउछाउ पुगेको अवस्था देखिन्छ । अहिले मूल मार्गमा नगए पनि महाधिवेशनपछि यसले पूर्ण रुपमा मूल मार्ग समातेर एउटा रफ्तार लिनेछ भन्ने मलाई विश्वास छ । विगतमा दुईवटा पार्टीका आ–आफ्नै कार्यक्रम, नीति, विचार, संगठन थियो । अहिले धेरै कुरा मिल्न बाँकी छ, त्यो मिलाउने ठाउँ भनेकै महाधिवेशन हो । महाधिवेशनपछि हामी मूल मार्गमा हिँड्ने प्रयत्न गर्छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप